Sidha Patra आइतबार, बैशाख ०५, २०७८

काठमाडौं । आइतबार पदमुक्त भएसँगै पुनःनियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापा बादलले शपथ लिएका छन् ।

राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्ति गरेकी हुन् ।

थापाले आइतबार साँझ राष्ट्रपति भण्डारीसमक्ष शपथ लिए । थापा संसद सदस्य नरहेको हुनाले संविधानको धारा ७८ अनुसार मन्त्री नियुक्ति भएका हुन् । थापा अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् ।

थापा राष्ट्रियसभामा निर्वाचित भएको दल नेकपा माओवादी केन्द्रले उनलाई निष्कासन गरेको पत्र राष्ट्रियसभामा पठाएको थियो । आइतबार संघीय संसद सचिवालयले थापालाई कारबाही गरेको पत्र राष्ट्रिय सभामा प्राप्त भएको सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]