
Rgp1
sbs
Ggp
Srbpu
pku
Djs
cjs
Unsku
Lnp
Pbu
Gfs
Rgp
Sgr
Pes

Sbs
Asm
Bbbpu
Bbu
Hal
Ggd
Pvg
Ssm
Wsp
Gst
Ksm
Vor
Rgu
nsb
Rgu
Tsm
Rgs
Sls
Rsb

Rpp
Pls
Bml
Mks
Abd
bbt
Jmb
Jmb
Ptm
Syp
sab
Rmb
Gsb
दाङ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि दाङको शान्तिनगर गाउँपालिकामा एक हप्तालाई विद्याय बन्द गरिएको छ । गाउँपालिका स्तरीय आजको बैठकले आज देखि शुक्रबार ११ गतेसम्म विद्यालय बन्द गर्ने र त्यस लगत्तै वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै अध्ययन विदा स्वरुप एक हप्तालाई विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए । त्यसपछि १२ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर वार्षिक परिक्षा सञ्चालन गरिने छ । अध्यक्ष डाँगीका अनुसार परिक्षा पनि दुई सिफ्टमा सञ्चालन गरिने भएको छ । कक्षा १ देखि कक्षा ५ सम्म विहान र ६ देखि ९सम्म दिउँसो परीक्षा सञ्चालन गरिने उनले बताए ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले हिजो सरकारवालसँग छलफल गर्दै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने जनाएको थियो । तर जतिसक्दो बैशाख २७ गतेबाट वार्षिक परीक्षा सञ्चालन गरी तयारी गर्न मेयर घनश्याम पाण्डेले विद्यालयलाई निर्देशन दिएका छन् । यता घोराहीमा विद्यालय बन्द गर्ने सम्बन्धी कुनै निर्णय भएको नपाइए पनि कतिपय क्याम्पसहरुले भने अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै क्याम्पस बन्द गरेका छन् ।
