
smb
Gsbus
Ppu
jms
Ssbus
gms
Sys

Sbs
Gg1
Hl1
Ln8
cks
Ln1
Dps
Ln2
bmj
bml
Ln7
Gg5
Rys
Ln9
Ln3
Asm
Gsb
kbs
Tsb
Ssb

ptl
Rgu
Gjl
Sab
Sml
Rss
Gg6
Nps
Sbs
Bpb
Snk
Ksb
Gg4
Jab
Jpb
Gg3
Gg2
दाङ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि दाङको शान्तिनगर गाउँपालिकामा एक हप्तालाई विद्याय बन्द गरिएको छ । गाउँपालिका स्तरीय आजको बैठकले आज देखि शुक्रबार ११ गतेसम्म विद्यालय बन्द गर्ने र त्यस लगत्तै वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै अध्ययन विदा स्वरुप एक हप्तालाई विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए । त्यसपछि १२ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर वार्षिक परिक्षा सञ्चालन गरिने छ । अध्यक्ष डाँगीका अनुसार परिक्षा पनि दुई सिफ्टमा सञ्चालन गरिने भएको छ । कक्षा १ देखि कक्षा ५ सम्म विहान र ६ देखि ९सम्म दिउँसो परीक्षा सञ्चालन गरिने उनले बताए ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाले हिजो सरकारवालसँग छलफल गर्दै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने जनाएको थियो । तर जतिसक्दो बैशाख २७ गतेबाट वार्षिक परीक्षा सञ्चालन गरी तयारी गर्न मेयर घनश्याम पाण्डेले विद्यालयलाई निर्देशन दिएका छन् । यता घोराहीमा विद्यालय बन्द गर्ने सम्बन्धी कुनै निर्णय भएको नपाइए पनि कतिपय क्याम्पसहरुले भने अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै क्याम्पस बन्द गरेका छन् ।
