सल्यान बस दुर्घटनामा १२ मृत्यु, १० जनाको सनाखत

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा २ जना पुरुष र १० जना महिला रहेका छन् । उनीहरुमध्ये अहिलेसम्म १० जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ निवासी हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का निवासी बस्ने ५३ वर्षिय प्रभा […]

दाङमा धारिलो हतियार प्रयोग गरि हान्दा पुनको हत्या,डाँगी गम्भीर घाइते

दाङ । धारिलो हतियार र लाठी हानेर दाङमा एक युवकको हत्या भएको छ । युवाहरुको एक समूहले लाठी र धारिलो हतियारले हान्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँ बस्तिका २१ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो ।यस्तै कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ४ का १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते भएका छन् […]

पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि,३ सय ९६ जना निको

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको […]

तिहारको पाचौं दिन आज भाइटीका,उत्तम साइत ११ : २ बजे

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको […]

यो वर्षको तिहारमा कालीगण्डकी गाउँपालिकाले बेच्यो ५ लाखको फूल

स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले यो वर्षको तिहारमा पाँच लाख रुपैयाँको फूल बिक्री गरेको छ । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले पाँच लाख आम्दानी गरेको हो । गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी […]

चाडपर्वलाई भड्किलो नबनाउन विज्ञको सुझाव

काठमाडौं । प्रविधिको विकास, आर्थिक सम्पन्नता लगायतका कारण नेपालीहरूले मनाउने तिहार, छठ लगायतका ठूला पर्वहरू महङ्गो हुँदै गएका छन् । सम्पन्न व्यक्तिहरूले गर्ने अनावश्यक खर्चका कारण निम्न आर्थिक अवस्थाका व्यक्ति, परिवार र सदस्यहरू ऋण काढेर पनि खर्च गर्नुपर्ने अवस्थामा पुग्ने गरेको बिभिन्न अध्ययनहरूले देखाएका छन् । तिहारको बेलामा विशेषगरी, घर सजावट, यातायातका साधनको खरिद र […]

कन्चनपुरको बिन्द्रा वन सामुदायिक पशु चौपाया व्यवस्थापनद्वारा लक्ष्मी पुजा कार्यक्रम सम्पन्न

कन्चनपुर । पश्चिम् कन्चनपुरको शुक्लाफटा नगरपालिका वडा नम्बर ९ मा रहेको बिन्द्रा बन सामुदायिक पशु चौपाया ब्यबस्थापन समितिद्वारा आयोजित लक्ष्मी पुजा विशेष कार्यक्रम तथा तिहार छठ पर्व शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सो वडाका वडा अध्यक्ष रमेश आयेरको सभापतित्व तथा नेपाली काङ्ग्रेसका नेता संविधान सभा सदस्य बहादुर सिंह थापाको प्रमुख आतिथ्यता र […]

सुचना संकलन भइरहेको छ जुवा संचालन गर्नेहरु धमाधम पक्राउ पर्छन एसपी:काफ्ले

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दाङमा जुवा-तासको खाल लुकिछिपी संचालन भइरहेको बारे दाङ प्रहरीले सुचना संकलन गरिरहेको बताउनु भएको छ । उहाँले सुचना संकलन भइरहेको जुवा-तासको खाल संचालन गर्ने ब्यक्तिहरु पक्राउ पर्ने बताउनुभयो । ‘जुवा-तासको खाल संचालन गर्नु अपराध हो,केही ठाउँमा छापा हानी सकेका छौं । दाङमा कहाँ-कुन ठाउँमा […]

अदालतको फैसलाबाट जनादेशलाई उल्टाउने काम गलत:पोख्रेल

दाङ । नेकपा एमाले स्थाई कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका ईन्चार्ज शंकर पोख्रेलले निर्वाचनका माध्यमबाट जनताले प्रदान गरेको जनादेशलाई व्यवास्था गर्दै सर्वोच्च अदालतको फैसलाबाट जनादेशलाई उल्टाउने काम गलत भएको बताउनु भएको छ । नेकपा भित्रकै माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको अन्तर संघर्षले गुमेको जनादेश नेपालको संसदिय व्यवस्थाका लागी गलत भएको बताउनु भयो । साथै […]

दाङमा मोटरसाइकल दुर्घटना हुँदा भण्डारीको मृत्यु, खड्का र शर्मा घाइते

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० चईलाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा तुलसीपुर १० बनगैका निवासी ३५ बर्षिय कैलास भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन। दुर्घटना बुधबार राती पौने १० बजे तिर भएको प्रहरी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]