Sidha Patra आइतबार, कार्तिक २१, २०७८

दाङ । धारिलो हतियार र लाठी हानेर दाङमा एक युवकको हत्या भएको छ । युवाहरुको एक समूहले लाठी र धारिलो हतियारले हान्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँ बस्तिका २१ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो ।यस्तै कुटपिटबाट सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ४ का १७ वर्षीय शंकर डाँगी गम्भीर घाइते भएका छन् ।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका पुन मगरलाई उपचारका लागि आज बिहान तीन बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो । यस्तै अर्का घाइते डाँगीलाई थप उपचारका लागि भारतको लखनउ लगिएको एसपी काफ्लेले बताउनु भयो ।

त्यस्तै पुन र डाँगी माथि पुरानो रिसिइबीका कारण तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का २० वर्षीय खिमबहादुर मगर, १८ वर्षीय रेशम थापा र २१ वर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसपी काफ्लेले बताउनु भयो । यस्तै आरोपित सबै अहिले फरार रहेको र उनीहरूको खोजी कार्य तिब्र भइरहको एसपी काफ्लेले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]