
Csbg-7
Msbg-2
Jsbg-7
Gsbr-6
Pbu
Gsbg-3
Jsbr-3
Rksr-7
Usbl-7
ksbl-7
दाङ । घोराही स्थित दाङभ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो च्याम्पियनसिपमा दाङभ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ । नेपाल हाप्किडो संघको आयोजना तथा दाङ भ्याली कलेज हाप्किडो डोजाङको सह– आयोजनामा तीनदिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा दाङभ्यालीले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण,९ रजत र १२ कास्य पदक सहित उपाधि हात पारेको हो । […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेकपा (एमाले)मा पार्टी सदस्य संख्या घट्दो संख्यामा रहेको दाबी गरेका छन् । नेकपाको मधेस प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एक वर्ष अघिसम्म ८ लाख रहेको सदस्य संख्या घट्दो क्रममा रहेको दाबी गरेका हुन्। एक वर्षअघिसम्म ८ लाख पार्टी सदस्य थियो। झरेर ६ लाख भयो। आज […]
मकवानपुर । हेटौँडा सडक विस्तारको क्रममा मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय पनि डोजर चलाएर भत्काइएको छ । त्रिभुवन राजपथको सडक सिमा क्षेत्रमा निर्माण भएको सो कार्यालय सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको हो । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडकमा बनेका संरचना आज बिहानदेखि भत्काउन सुरु गरिएको छ । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली […]
दाङ । देउखुरीको लमहीमा आज गोली चलेको छ । लमही नगरपालिका–५ लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा कार्यरत कालिगढलाई लक्षित गरेर गोली प्रहार गर्दै लुटपाट गरिएको हो । त्यस्तै गोली प्रहारबाट कालिगढ दीपक सुनार सामान्य रुपमा घाइते भएका छन् । गोली प्रहार गर्ने व्यक्तिहरु घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । घटना स्थललाई सिल गर्दै प्रहरीले […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने नौ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा जीवन गुप्ता,हिमानी न्यौपाने, रिता चौधरी, सरिता कुमारी चौधरी,मिठ्ठु चौधरी, शान्ति […]
काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार भोलि हुने भएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । भोलि बिहानको १०ः३० बजे शपथग्रहणको तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सो पदमा काङ्ग्रेसका कृष्ण यादव र लोसपा नेपालका […]
दाङ । गढवा गाउँपालिका स्तरीय निजी विद्यालय समितिको आयोजनामा शुक्रबार देखि गढवामा विभिन्न खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ । समितिको अध्यक्ष तथा शुभ तारा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको प्रमुख आतिथ्यमा खेलकुद प्रतियोगिता सुरु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै […]
दाङ । नेकपा एमाले लमही नगर कमिटिका अध्यक्ष तथा समाजसेवी रतन कुमार केसी र उहाँकी धर्मपत्नी शिवा केसीले ३३ औं बैवाहीक बर्षगाँठको उपलक्ष्यमा आर्थिक सहयोग गरेका छन् । लमही नगरपालिका–५ जैविक विविधता पार्कमा निर्माणाधिन रहेको सुपादेउराली मन्दिर निर्माणकालागि ११ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । शुक्रबार मन्दिर निर्माण परिसर क्षेत्रमा पुगेर व्यवस्थापन […]
कामठाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् । शुक्रबार आज दिउँसो ओली देउवा भेट्न महाराजगञ्ज पुगेका कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै उनीहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको नेताहरुको सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ को जेनजी […]
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीका कार्यकर्ताबिच भनाभन र धकेलाधकेल भएको छ । शुक्रबार आज एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरु महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका थिए । त्यसक्रममा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबिच धकेलाधकेल भएको […]