
Ppu

Usb
Ssb
Tsb
Gsb
Hl1

Rgu
Nps
ptl
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीका कार्यकर्ताबिच भनाभन र धकेलाधकेल भएको छ ।
शुक्रबार आज एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरु महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका थिए । त्यसक्रममा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबिच धकेलाधकेल भएको हो ।
त्यस्तै एमालेमा प्रतिनिधि छनोटमा भेदभाव गरेको भन्दै ओखलढुङ्गा,धनकुटा,दाङ लगायतमा पनि विवाद भएको छ ।
