
Csbg-7
Gsbg-3
Msbg-2
Jsbr-3
Pbu
Rksr-7
Jsbg-7
Usbl-7
ksbl-7
Gsbr-6
दाङ । गढवा गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा विपद व्यवस्थापन, पूर्वतयारी,सम्भावित जोखिमको पहिचान तथा भविष्यमा आउन सक्ने चुनौतीहरुको विषयमा आज छलफल कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सहकार्य गरेर पालिकामा देखिएका विपदजन्य घटनाहरुको पहिचान,न्यूनीकरण तथा समाधानका उपायबारे छलफल गरिएको हो । कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र नेपाल […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागि यूके पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरुमा प्युठान नगरपालिका–९ का ३९ वर्षीय इन्द्र बहादुर केसी,धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ का ३४ वर्षीय विजय गुरुङ रहेका छन् । पक्राउ परेकामध्ये […]
दाङ । देउखुरीको लमही स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह सम्मानित भएको छ । कर्री सामुदायिक वन उपभोक्ता समूह दर्ता मिति २०५३ साल असार २५ गतेदेखि हालसम्म वन क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्दा छिमेकीकाे रुपमा रहेकाे अजम्मरी सामुदायिक वन उपभोक्ता समहुले सद्भाव देखाउदै मित्रता पूर्ण रुपमा सहयोग गर्दै आएकाे हुदाँ उक्त सहयोगकाे उच्च मुल्यांकन गर्दै […]
दाङ । श्रीमानको कुटपिटबाट घाइते भएकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका श्रीमान पक्राउ परेका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर– २ केराघारीका २१ वर्षीय सुमन आले मगरले १७ वर्षीया श्रीमती खिमी परियारलाई पुस १२ गते बिहान ९ बजेतिर निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी खिमीलाई पुस १३ गते नेपालगन्जको […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो । उनीहरुलाई न्याय परिषदको परामर्शमा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको […]
काठमाडौँ । पछिल्लो समय देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु लागेको छ । तराई भूभागका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो रहनेछ । त्यस्तै कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा […]
दाङ । प्रतिनिधिसभा चुनावका लागि नेकपा एमाले पार्टीले दाङ क्षेत्र नम्बर १ बाट ५ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ समन्वय समितिको बैठकले एमालेका नेता रेवतीरमण शर्मा घिमिरे,अर्जुन गुरुङ,डाक्टर सुरामणी बेल्वासे,रामप्रसाद गैरे र कमला आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सहजराम यादवले जानकारी दिए । त्यस्तै शर्मा पूर्व प्रदेश सांसदसमेत हुन् । […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ। गाउँपालिका तथा मातहतका कार्यालयहरुको काम–कारबाही,सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गराई सेवाप्रति उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । कार्यक्रममा अध्यक्ष विष्टले गाउँपालिकाको समृद्धि, विकास र […]
दाङ । नेकपा एमाले पार्टी राजपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष हेमकुमार जिसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले प्रवेश गराएका हुन् । जिसी पार्टीमा प्रवेश गर्दै भने राष्ट्रिय राजनीतिमा पुराना दलबाट देशले निकास नपाउने देखिएपछि आफू राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको बताए । सिधाान्तले […]
दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय राप्ती उपत्यका (देउखुरी)मा आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सचिवहरुको जिम्मेवारी तोक्ने तथा हेरफेर गर्ने निर्णय गरेको हो । शम्भुप्रसाद मैनालीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,विनोद लामिछानेलाई पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,बन्धुप्रसाद बस्तोलालाई […]