
cjs
Gfs
Unsku
Ggp
Sgr
Ses
Rgp
Pbu
Srbpu
Lnp
Rgp1
Djs
Pes
pku

Rgu
Bbbpu
Hal
Ggd
Pvg
Ksm
Bbu
Rgu
Rgs
Vor
Wsp
Gst
Sbs
Ssm
Sls
Asm
nsb
Tsm
Rsb

sab
Abd
Jmb
Jmb
Mks
Syp
Rpp
Gsb
Pls
Bml
Rmb
bbt
Ptm
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो । उनीहरुलाई न्याय परिषदको परामर्शमा प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।
त्यस्तै,आयोगले ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । उनीहरुलाई न्याय सेवा आयोगको परामर्शमा खटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले माघ २ गतेदेखि औपचारिक रुपमा काम सुरु गर्नेछन् । सोही दिनदेखि सम्बन्धित निर्वाचन क्षेत्रहरुमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक कामकाज अघि बढाइने आयोगले जनाएको छ ।
त्यस्तै आयोगका अनुसार अधिकृतहरुको नियुक्तिसँगै निर्वाचन व्यवस्थापन,उम्मेदवारी दर्ता,आचारसंहिता कार्यान्वयन र मतदान तयारीका कामहरु तीव्र गतिमा अघि बढ्ने छन् ।
