आलोक भावुक भुकम्प सोमबार, पुष २१, २०८२

दाङ । गढवा गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा विपद व्यवस्थापन, पूर्वतयारी,सम्भावित जोखिमको पहिचान तथा भविष्यमा आउन सक्ने चुनौतीहरुको विषयमा आज छलफल कार्यक्रम सम्पन्न भएको छ ।

गढवा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सहकार्य गरेर पालिकामा देखिएका विपदजन्य घटनाहरुको पहिचान,न्यूनीकरण तथा समाधानका उपायबारे छलफल गरिएको हो ।

कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनी कृष्णसहितको टोलीबीच विस्तृत विचार–विमर्श भएको थियो । छलफलका क्रममा अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा बाढी, आगलागी र सर्पदंशका घटनाहरु उच्च जोखिममा रहेको उल्लेख गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखि नेपाल रेडक्रससँग सहकार्य गर्न पालिका पूर्ण रुपमा तयार रहेको बताए । तीन मुख्य विपद जोखिमका क्षेत्रमा लगानी र साझेदारी गरेर प्रभावकारी काम गर्न सकिनेमा आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो । नेपाल रेडक्रससँग सहकार्य गर्न पाउनु पालिकाका लागि गौरवको विषय भएको पनि उनले उल्लेख गरे ।

त्यसैगरी अध्यक्ष पोख्रेलले पालिकाका केही स्थानमा खहरे खोलाको कटान र पटानका कारण भविष्यमा ठूलो जोखिम निम्तिन सक्ने भन्दै त्यसको रोकथाम तथा व्यवस्थापनका लागि पनि नेपाल रेडक्रससँग मिलेर कार्यक्रम सञ्चालन गर्न पालिका तयार रहेको जानकारी दिए ।

त्यस्तै उनले यसअघि सञ्चालन भएको ‘ईन्कोर’ परियोजनाले राम्रो काम गरेको स्मरण गर्दै विपदको समयमा पालिकाले मात्र सबै खालको सन्तोषजनक सहयोग गर्न नसक्ने अवस्था रहेको बताउदै यस्तो परिस्थितिमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण र आवश्यक रहेको भन्दै यसलाई पालिका तथा व्यक्तिगत रुपमा पनि आफ्नो सौभाग्यका रुपमा लिएको बताए ।

छलफल कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल,स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरी,विपद व्यवस्थापन शाखा प्रमुख शेषमणि पौडेल,जनमुखी माध्यमिक विद्यालय रङसिङका प्रधानाध्यापक ज्ञानहरी रिजाल,सब–इन्जिनियर चन्द्रप्रकाश वली, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनी कृष्ण,कार्यालय प्रमुख शंकर भट्टराई,नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतम,उपशाखा गढवाका सभापति उमाकान्त पन्त,सचिव आलोक भावुक लगायतको सहभागिता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]