
Ses
Srbpu
Rgp1
Ggp
cjs
Unsku
pku
Gfs
Pes
Rgp
Sgr
Pbu
Lnp
Djs

Rgu
Sls
Sbs
Asm
Wsp
Bbu
Rgs
Tsm
Ksm
Ssm
Vor
Pvg
Bbbpu
Rgu
Ggd
Gst
Hal
nsb
Rsb

Jmb
Rpp
Rmb
Gsb
Pls
sab
Ptm
Jmb
Mks
Abd
Bml
Syp
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ।
गाउँपालिका तथा मातहतका कार्यालयहरुको काम–कारबाही,सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गराई सेवाप्रति उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।
कार्यक्रममा अध्यक्ष विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकमैत्री सेवा प्रवाहमा पालिका निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकहरु प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै त्यसप्रति पालिका सचेत रहेको धारणा राखे । अध्यक्ष विष्टले जनप्रतिनिधि र कर्मचारी इमानदार भए मात्र राष्ट्रले सही निकास पाउने बताउँदै राप्तीवासीका रचनात्मक सुझाव,सल्लाह र खबरदारी निरन्तर आवश्यक रहेको बताए । सीमित स्रोत–साधनका कारण काम ढिलो–चाँडो हुन सक्ने उल्लेख गर्दै उनले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी जनताको आवश्यकता पूरा गर्ने गरी पालिका अघि बढिरहेको जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पहिलो चौमासिक अवधिसम्ममा गाउँपालिकाले गरेका काम र प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले गाउँपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी नागरिक धारणा समेटिएको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइमा सहभागीहरुले शिक्षा, स्वास्थ्य,कृषि, सडक,सिँचाइ,विद्युत,सुशासन लगायत गाउँपालिका तथा मातहतका कार्यालयबाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा र सुझाव राखेका थिए । सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासामा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक तथा विभिन्न शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।
स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने महत्वपूर्ण औजारका रुपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम राप्ती गाउँपालिकाले प्रत्येक चौमासिक रुपमा गर्दै आइरहेको छ ।
