
sbs
pku
Djs
Pbu
Pes
Lnp
Ggp
Rgp1
Gfs
Rgp
Sgr
cjs
Srbpu
Unsku
काठमाडौं । देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । डेंगुको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी बिच कार्यसम्पादन सम्बन्धी समन्वय बैठक मंगलवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको बैठकमा गत आर्थिक वर्ष २०७९/०८० मा भए गरेका काम कर्तव्य, कार्यसम्पादन गर्दा सेवाग्राही,कर्मचारी र जनप्रतिनिधि बाट भए गरेका सहयोग असहयोग, व्यवहार र सहयोगको बारेमा छलफल तथा समिक्षा गरिएको […]
डडेल्धुरा । लागुऔषधसहित एक जना पक्राउ परेका छन् । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ४ खलङ्गाबाट १६.१२ ग्राम चरेश सहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा लागुऔषध (चरेश) भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको […]
काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका छन् । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ चिप्लेगाडामा दुर्घटना भएको थियो । प्रहरी नायब उपरीक्षक महेश बस्नेतका […]
दाङ । नेपाल शिक्षक महासंघको अगुवाइमा आइतबार शिक्षक तथा कर्मचारीले देशभरका पालिकामा धर्ना दिएका छन् । महासंघको पहिलो चरणको आन्दोलन अन्तर्गत उनीहरूले ७५३ वटै पालिकामा धर्ना दिएका हुन् । सरकारले संसदमा टेबुल गर्न लागेको संघीय शिक्षा विधेयक सच्याउनु पर्ने माग राखेर महासंघले आन्दोलन सुरु गरेको हो । महासंघले प्रस्तावित शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा कर्मचारीका […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले डेंगु तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी गढवामा अभियान सुरु गरेको छ। देशै भरी डेंगु रोग तिव्र गतिमा फैलिरहेको समयमा गढवा गाउँपालिका स्वास्थ्य शाखाले पालिकाको बिभिन्न स्थानमा सरोकारवालाहरुसंग अभिमुखिकरण तथा लामखुट्टेको वासस्थान खोजी, लार्भा नष्ट गर्ने अभियानको थालनी गरेको स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले जानकारी दिनु भयो। गढवामा पछिल्लो समय डेंगुको […]
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । पर्खाल निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना पाएर पुगेको अख्तियारको बर्दिबास कार्यालयको टोलीले १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो । इन्जिनियर चौधरीसँगै उनका साथी गुरुदेव […]
काठमाडौं । निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको जावलाखेलस्थित सिचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष एडी लामा,उपाध्यक्ष प्रकाश सेट्टी,खिमप्रकाश मल्ल,उपमहासचिव नरहरी थपलिया, सहकोषाध्यक्ष सन्तोष शाह लगायत ५० जना जति निर्माण व्यवसायीहरु जावलाखेल प्रहरीमा रहेका छन। बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शनिबार २४ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको आयोजना, राप्ती गाउँपालिका दाङको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ,हरित विश्व निर्माणमा हरित सिप विकास’ […]
बाँके । बाँकेको खजुरा गाउँपालिका(७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन् । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका(६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पिविसी इँटाभट्टा नजिक नालामा गए […]