कृष्णनगरबाट चार किलो बढी लागु औषध चरेस सहित एक महिला पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कपिलवस्तु मताहत रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले ४ किलो ६ सय ४६ ग्राम लागु औषध चरेस सहित एक महिला पक्राउ गरेको छ । माघ २० गते ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले कृष्णनगर बजारबाट प्युठान जिल्लाको गौमुखी गाउपालिका वडा नं ३ बस्ने ३८ बर्षीया बासु […]

गढवाको १४औं अधिवेशन सुरु,दुई विधेयक प्रस्तुत

दाङ । गढवा गाउँपालिकाको गाउँ सभाको १४औं अधिवेशन सुरु भएको छ । आइतबारदेखि गाउँपालिकाको सभाहलमा १४ औं अधिवेशनको पहिलो बैठक सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनुभयो। गढवा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अधिवेशन शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । गाउँ सभाको पहिलो बैठकमा बिध्येक समितिका संयोजक लेख बहादुर […]

प्याब्सन घोराहीद्वारा आधारभूत तह स्तरीय वर्ड सफल प्रतियोगिता सम्पन्न

दाङ । प्याब्सन घाेराही नगर कमिटीकाे आयाेजनामा आधारभूत तह स्तरीय वर्ड सफल कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार भएकाे कार्यक्रम गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरीका शिसमश्री भण्डारी,साइवन बुढामगर र मनसुन घर्ती मगर प्रथम,सिद्धार्थ एकेडेमीका रिया श्रेष्ठ,प्रतिबिम्ब पन्थी र आर्शिका गाैतम द्वितीय,भ्याली टप इङलिस बाेर्डिङ स्कुलका शितल बुढा मगर,बिपिन पाैडेल र मनिषा सुबेदी तृतीय भएका थिए । […]

गुटबन्दी त्यागेर सामिप्यता बाड्नुस-बिमलेन्द्र निधी

दाङ । नेपाली काङ्ग्रेसका नेता बिमलेन्द्र निधिले गुटबन्दीलाई अन्त्य गर्न आबस्यक रहेको बताएका छन । गुटगटले पार्टीलाई कमजोर बनाउने र जसका कारण कोही सफल नहुने बताए । समुदायमा काँग्रेस अन्तरगत लमहीमा भएको अन्तरक्रिया कार्यक्रममा निधिले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले एकअर्कालाई सम्मान गर्दै गुटलाई रुपान्तरण गर्न अनुरोध गरे ।संगठन बलियो […]

गुरुकुल एकेडेमी घोराहीकोे ९ औं बार्षिक उत्सव विविध कार्यक्रमका बीच सम्पन्न

दाङ । गुरुकुल एकेडेमी घोराहीले नवौं बार्षिक उत्सव मनाएको छ । घोराही १५ रतनपुरमा रहेको बिद्यालयले ९ औं बार्षिक उत्सव शनिबार एक भब्य समारोहका बिच मनाएको हो । बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो बार्षिक उत्सव मनाएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा घोराही उपमहानगरपालीका सामाजिक विकास महाशाखा […]

प्रेस चाैतारी नेपाल दाङ शाखाको अध्यक्षमा प्रेम बहादुर राम्जा निर्वाचित

दाङ । प्रेस चौतारी नेपाल दाङ शाखाको अध्यक्षमा प्रेमबहादुर राम्जा निर्वाचित भएका छन् । शनिबार दाङको तुलसीपुरमा सम्पन्न बिस्तारित भेलाले राम्जालाई अध्यक्षमा निर्वाचित गरेको हो । २ सदस्य रिक्त रहने गरि २९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सुधासुमन ढकाल, महिला उपाध्यक्षमा दीप्तीशिखा चौधरी, सचिवमा किरण गौतम, कोषाध्यक्षमा गोकर्ण पौडेल, सहसचिवमा एकराज […]

प्यूठानको भुमि विकास आविमा ९५ वर्षीय जेष्ठ नागरिकद्वारा ५० हजारको अक्षकोष

प्युठान । प्युठान जिल्लाको मल्लरानी ५ सराङकोट अवस्थित एक विद्यालयमा जेष्ठ नागरिकले अक्षयकोष स्थापना गर्नु भएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ५ रिट्ठीखर्क प्युठान निवासी ९५ बर्षिय जेष्ठ नागरिक मोहन पुन मगरले जीवन संगिनी स्वर्गीय नमिदेवी पुन मगरको स्मृतिमा भुमी विकास आधारभुत विद्यालयमा रु.५०,०००/(पचास हजार ) को अक्षयकोष स्थापना गर्नु भएको हो । त्यस्तै […]

बंगलाचुली गाउँपालिकामा दुई दिने आधारभूत पत्रकारिता तालिमको समापन

दाङ । नेपाल प्रेस युनियन दाङले बंगलाचुलीमा आयोजना गरेको दुई दिने आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको तालिमको शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । समापन कार्यक्रम नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको अध्यक्षता र बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आथ्यितामा भएको हो । कार्यक्रमका प्रमुख […]

जनता मावि गढवाको विव्यसको निर्वाचन सम्पन्न,माओवादीसहितको प्यानल बिजयी

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । सनिवार सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ‘बिप्लव’ जनता समाजबादी पार्टी नेपाल, एकीकृत समाजबादी लगायतका पार्टीहरुको साझा उम्मेदवारहरु भारी मतान्तरले निर्वाचित हुनु भएको छ भने नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका […]

सनलाईट माविका विद्यार्थीको अनौठा प्रदर्शनी

दाङ । लमही स्थित सनलाईट मोडर्न सेकेण्डरी स्कुलमा शुक्रबार रौनक थियो । बिद्यार्थीहरु आफ्ना कलाहरु प्रदर्शनमा राखेर त्यसका बारेमा बताउँदै थिए । अनौठा अनौठा कला प्रदर्शनीले सबैको ध्यान तान्यो । कक्षा ८ मा अध्ययनरत मनुस्का अधिकारी लगायतको टिमले अनौठो बृज (पुल) प्रदर्शनमा राखेका थिए । आबस्यक पर्दा बिचबाट फाट्ने र पुन: जोडिने पुलले आश्चर्य नै […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]