
Gsbus
Ratbs
Jsbus
Amb
gms
Pbu
Bksbus5
Ssbus
Nssbus7
Ddhbs
Syees
Csbus
syysr
Gsl
dsbus
Rbs

Sls
Ksm
Hal
Sbs
Ggd
Rsb
nsb
Rgu
Tsm
Wsp
Asm
Ssm
Pvg
Gst
Vor
Rgs
Rgu
Bbu
Bbbpu

Pls
Rpp
sab
bbt
Ptm
Rmb
Bml
Jmb
Gsb
Syp
Abd
Mks
Jmb
काठमाडौँ । आजदेखि नेकपा एमाले पार्टीको केन्द्रीय कमिटी बैठक हुँदैछ ।
११ औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले आजदेखि दोस्रो केन्द्रीय कमिटी हुने तय गरेको हो । बैठक पुस २८सम्म बस्नेछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार,केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट शुरु हुने छ । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ।
यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारी सहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले तीसँग सम्बन्धित विषय अनुमोदन हुने बताइएको छ ।एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन परिचालन समिति,अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको छ।
यसका अतिरिक्त एमालेले अघिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीमा चुनाव हारेका,पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरुसमेत समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । केन्द्रीय समितिले उक्त परिषद गठन गर्नेछ।
