
Gfs
Djs
Lnp
Ses
Pes
Sgr
Unsku
pku
Rgp
Pbu
Rgp1
Ggp
Srbpu
cjs

Ksm
Gst
Rsb
Rgu
Bbbpu
nsb
Wsp
Tsm
Sbs
Rgs
Hal
Rgu
Asm
Ggd
Pvg
Vor
Ssm
Bbu
Sls

sab
Jmb
Jmb
Bml
Syp
Abd
Rpp
Gsb
Mks
bbt
Rmb
Ptm
Pls
दाङ । शुक्रबारदेखि घोराहीमा ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को उद्घाटन गरिएको छ ।
मेलाको लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले संस्कृति संरक्षणमा मेला-महोत्सवको भूमिका निर्णायक हुने स्पष्ट पारे । नेपालको पहिचान जातजातिसँग जोडिएका संस्कृतिमा आधारित रहेको उल्लेख गर्दै उनले राज्यको भूमिकामाथि जोड दिए ।
नेपाल मगर संघको बहुउद्देश्यीय सांस्कृतिक भवन निर्माण सहयोगार्थ मेला आयोजना गरिएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री न्यौपानेले प्रदेश सरकारको तर्फबाट सहयोगको प्रतिबद्धता जनाए । प्रदेश सरकार पर्यटन पूर्वाधारमा केन्द्रित रहेको बताउँदै उनले सहयोगको अपेक्षा समेत गरे ।
नेपाल मगर संघ घोराही उपमहानगरपालिकाका अध्यक्ष बेदबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोकामगर,नेपाली काङ्ग्रेस दाङका उपसभापति कमानसिंह भारती,नेकपा (एमाले) दाङका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी,नेपाली कम्युनिस्ट पार्टीका जिल्ला सचिव विश्वराज आचार्य, सुकुम्बासी समस्या समाधान आयोग दाङका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत,संघका सल्लाहकार पूर्णबहादुर बुढा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव प्रकाश पुन मगर र प्रेस संयोजक कैलाश घर्तीले गरेका थिए । मेला उद्घाटनअघि लखनपार्कबाट सुरु भएको सांस्कृतिक झाँकीसहितको शोभायात्रा घोराही बजार परिक्रमा गरिएको थियो,जसमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक पहिचान झल्किने झाँकी प्रस्तुत गरिएको थियो । सबै झाँकीहरुलाई मञ्चमा पनि प्रदर्शन गरिएको थियो ।
मेलामा करिब २०० वटा स्टल
माघ १० गतेसम्म सञ्चालन हुने मेलामा करिब २०० वटा स्टल रहेका छन् । तीमध्ये कृषि,स्थानीय उत्पादन तथा विभिन्न संघसंस्थालाई प्राथमिकता दिँदै ५०–५० वटा स्टल छुट्याइएको छ । स्थानीय व्यवसाय प्रवद्र्धनलाई ध्यानमा राख्दै घोराहीभित्रका व्यवसायीलाई स्टल शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको नगर अध्यक्ष बुढाले बताए । मेलाको अर्को प्रमुख आकर्षणका रुपमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहनेछ ।
मौलिक नृत्य,परम्परागत भेषभूषा,स्थानीय खानाका परिकार,हस्तकला तथा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सामग्रीहरुको प्रदर्शनीले मेलालाई अझ रंगीन बनाउनेछ । दर्शकको आकर्षणका लागि आइफेल टावर,जलपरी र लण्डन ब्रिज जस्ता आकर्षक संरचनाहरु पनि निर्माण गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ । क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र ५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । न्यू रोल्पाली डाँगी स्टोर,तुलसीपुर मुख्य प्रायोजक रहेको मेलाको संरक्षकमा घोराही उपमहानगरपालिकाको कार्यालय र नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति रहेका छन् ।खोजरफ्तार
