
Pbu
Gfs
Ses
Pes
Djs
Sgr
Rgp1
pku
cjs
Rgp
Srbpu
Lnp
Ggp
Unsku

Gst
Asm
Hal
Wsp
Sbs
Bbu
Rgu
nsb
Vor
Ssm
Sls
Rgu
Ggd
Rsb
Pvg
Tsm
Ksm
Rgs
Bbbpu

sab
Jmb
Pls
Jmb
Rmb
Gsb
Mks
Abd
Rpp
bbt
Syp
Bml
Ptm
रुपन्देही । लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष बस्याल र सदस्य भुसालले शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहीबार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती,मुख्यमन्त्री चेतनारायण आचार्य,सभामुख तुलाराम घर्ती मगर (बसन्त), मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीसमक्ष शपथ ग्रहण गरेका छन् । यस्तै नवनियुक्त सदस्य ताराप्रसाद भुसालले नवनियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्यालसमक्ष शपथ ग्रहण गरेका हुन् ।
नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशसमक्ष शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले शपथ ग्रहण गरेका हुन् ।
यस्तै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने प्रावधान छ । सोही अनुसार नवनियुक्त सदस्य ताराप्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनीयताको शपथ गराएका छन् । नवनियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुन् ।
