डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका वडा नम्बर १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । उनको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनु भयो । सारुलाई असोज ५ गते अस्पतालमा भर्ना गरिएको […]

दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाईते

दाङ । दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लाल बहादुर श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी बिरेन्द्र नगर नगरपालिका वडा नम्बर २ सुर्खेत बस्ने बर्ष ६८ कि गँगादेबी पुलामी र उनका छोरा खगेन्द्र पुलामी, गुलरिया नगरपालिका वडा […]

राप्ती प्रेस मञ्चले गर्‍यो प्रमुख जिल्ला अधिकारी सुवेदीसँग परिचयात्मक कार्यक्रम

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीसँग राप्ती प्रेस मञ्चले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले सोमवार राप्ती गाउँपालिकाको बैठक हलमा कार्यक्रम गरेको हो । परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाबासी जनताले अनुभुती गर्ने गरि शान्ति सुरक्षा कायम गर्न निश्पक्ष, स्वतन्त्र र कसै प्रति पुर्वग्राही नराखेर सुरक्षा प्रदान गर्ने बताएका छन् […]

कञ्चनपुरमा झाडीसफाइको नाममा रुख काटेपछि वडाध्यक्ष पक्राउ

धनगढी । कञ्चनपुरमा झाडी सफाइको नाममा रुख काटेपछि वडाअध्यक्ष पक्राउ परेका छन् । जिल्लाको बेलौरी छोटी भन्सार कार्यालय परिसर भित्र रहेको झाडी सफाइका नाममा रुख काटेको आरोपमा वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन् । डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार साँझ बेलौरी नगरपालिका–६ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद […]

राप्तीमा भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम साेमबार सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हाे। आयोगकाे सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो। […]

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु,एक जना घाइते

सल्यान । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सोमबार आज बिहान करिब ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आउदै गरेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुदा २ जनाको घटनास्थलमा मृत्यु […]

जनज्योति माविमा बाल कक्षा कोठा व्यवस्थापन र सामग्री प्रयोग सम्बन्धी तालिम

दाङ । राजपुर -२ बेला स्थित जनज्योति माविमा बाल कक्षा कोठा व्यवस्थापन गर्नुका साथै सामग्री प्रयोग सम्बन्धी तालिम सुरु भएको छ। राजपुर गाउँपालिकाकाे समन्वय, स्ट्रोम फाउन्डेसन नेपाल र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको सहयोग तथा नेपाल एजुकेस्नल गुडस् सप्लायारस्को प्राविधिक सहयोगमा आइतबार २ दिने बाल कक्षा कोठा व्यवस्थापन साथै सामग्री प्रयोग सम्बन्धी तालिम […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चाैधरीकाे प्रमुख राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली काङ्ग्रेसका नेता जानकीलाल बस्नेत नियुक्त हुनु भएको छ । मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची-२ बमोजिम बस्नेतलाई मुख्यमन्त्रीको सचिवालयमा कामकाज गर्ने गरी प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएकाे हाे । बस्नेतलाई भदाै ३१ गतेदेखि लागु […]

लमहीमा अट्वारीको अबसरपारि वडास्ततीय फुटबल प्रतियोगिता सुरु

दाङ । थारुहरुको महानपर्ब अट्वारीको अबसरमा लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोका कप फुटबल प्रतियोगिता सुरु भएको छ । चन्द्रज्योती क्लब हसनापुरले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष तथा लमही नगरपालिकाका प्रबक्ता मोहन गिरीले गर्नुभएको हो । खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले स्वास्थ्यको लागि खेलकुद आबस्यक रहेको भन्दै खेलबाट देशकै नाम रोषणी गर्न सकिने बताउनु […]

हेटौंडाबाट अवैध मदिरा सहित ५ जना भारतीय नागरिकहरु पक्राउ

काठमाडौं । हेटौंडाबाट अवैध मदिारा सहित ५ जना भारतीय नागरिकहरु पक्राउ परेका छन् । भन्सार छली ल्याइएको ८ सय ५५ बोतल विभिन्न ब्राण्डका मदिरा सहित उनीहरुलाई हेटौंडा–१५ रातोमाटे चौकीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पश्चिमी दिल्ली बस्ने वर्ष २७ का विक्की, वर्ष २५ का राहुल, […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]