
Unsku
Lnp
Djs
Rgp1
Ses
Gfs
Ggp
Sgr
cjs
Rgp
pku
Pes
Pbu
Srbpu

Ksm
Ssm
nsb
Ggd
Bbbpu
Rsb
Vor
Sls
Rgu
Bbu
Rgs
Gst
Rgu
Asm
Pvg
Tsm
Wsp
Hal
Sbs

Pls
Jmb
Gsb
Rpp
sab
Mks
Bml
Syp
Jmb
Abd
Ptm
Rmb
bbt
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम साेमबार सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हाे। आयोगकाे सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारको सुशासन प्रबर्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले विशेष सहयोग पुग्ने बताउदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व बहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नु पर्ने बताउनु भयो ।
भ्रष्टाचारले मानिसको इज्जत ,मान, प्रतिष्ठा गुम्नुकाे साथै राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने बताउनु भयो । भ्रष्टाचार रोक्न सम्पूर्ण नागरिकहरु जिम्मेवार भएर आआफ्नो ठाउँबाट लाग्नुपर्ने समेत बताउनु भएको थियो ।
कार्यक्रममा सहभागिताहरूले आ-आफ्नो जिज्ञासा र गुनासो राख्दै अख्तियारलाई सुभाव समेत दिएका थिए । साथै सहभागीबाट उठेका विभिन्न प्रश्नहरुको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीकाे दिनुभएको थियो ।
त्यस्तै विषयवस्तु उपर प्रस्तुतिकरण कार्यालयका शाखा अधिकृत नारायण ढकालले गर्नुभएको थियो । कार्यक्रममा भ्रष्टाचारकाको अवधारणा,भ्रष्टाचारको कारण,भ्रष्टाचार कसूर ठहरिदा हुने सजाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य गर्ने शैली,भ्रष्टाचार सम्बन्धी विश्व र नेपालको अवस्था, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टचार सम्बन्धी भ्रम र वास्तविकता लगायतका विषयमा छलफल चलाईएको थियो ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगायतले आ आफ्नो सान्दर्भिक भनाइ राख्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा राप्ती गाउँपालिकाका जनप्रतिनिधीहरु,विषयगत शाखाका कर्मचारी,पालिकामा क्रियाशील राजनैतिक दलका प्रमुख ,सामुदायिक वन,खानेपानी महासंघका प्रमुख,विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,उपभोक्ता समितिका पदाधिकारी,सुरक्षा निकाय,पत्रकारहरु लगायत अन्य विभिन्न संघ संस्थाका प्रमुखहरुकाे सहभागीता रहेको थियो ।
