
Lnp
Sgr
pku
Rgp1
Ggp
Pes
Gfs
Srbpu
Unsku
cjs
Pbu
Ses
Rgp
Djs

Tsm
Sls
Pvg
Ssm
Gst
Vor
Rsb
Ggd
Bbbpu
Wsp
Rgs
Hal
Sbs
Bbu
Ksm
nsb
Rgu
Rgu
Asm

Bml
Gsb
Pls
Jmb
sab
bbt
Jmb
Ptm
Rmb
Abd
Syp
Mks
Rpp
धनगढी । कञ्चनपुरमा झाडी सफाइको नाममा रुख काटेपछि वडाअध्यक्ष पक्राउ परेका छन् ।
जिल्लाको बेलौरी छोटी भन्सार कार्यालय परिसर भित्र रहेको झाडी सफाइका नाममा रुख काटेको आरोपमा वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन् ।
डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार साँझ बेलौरी नगरपालिका–६ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले अनुमतिविनै रुख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको बताएका छन् ।
संघीय सरकारमातहत रहेको बेलौरी छोटी भन्सार सञ्चालनका लागि साउन १३ गते वडाकै अगुवाइमा झाडी सफाइ गरिएको थियो । झाडी सफाइका क्रममा सरकारी कार्यालय परिसरभित्र रहेका रुख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरीविरिुद्धमा उजुरी गरेपछि वनले वडाध्यक्ष चौधरीलाई बयानका लागि भनेर नियन्त्रणमा लिएको हो ।
त्यस्तै भन्सार क्षेत्रबाट काटिएको रुख र दाउरा समेत वनले नियन्त्रणमा लिएको छ। सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको जानकारी दिए ।
कैलाली भन्सार कार्यालयमातहत रहेको बेलौरी छोटी भन्सार कार्यालयपरिसरमा रहेका रूख काटेपछि भन्सारसमेत रुष्ट भएको छ । भन्सारले वनलाई रुख कटानी गर्नेमाथि कारबाहीको माग अघि सारेर पत्राचार गरेको थियो। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले अनुमतिविनै रुख कसैले पनि काट्न नपाउने बताए। झाडी सरसफाइका नाममा अनुमतिविनै कसैले पनि आरा नै लगाएर रुख काट्न नपाइने संरक्षणकर्मीहरु बताउँछन्।
यस्तै सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउदले कसैले पनि पर्यावरणविरुद्ध गतिविधि गर्न नहुने बताइन्। झाडी सफाइ गर्न पाइए पनि प्रक्रियाविनै रुख काट्न नपाइने उनले बताए। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले भन्सार कार्यालयपरिसरभित्र रहेको झाडी सफाइका क्रममा रुख काटिएपछि वडाध्यक्षले सूचना नै जारी गरेकाले उनीविरुद्धमा मुद्दा दायर भएको बताए।
त्यस्तै वन नियमावली २०७९ को नियम ३७ अनुरूप वनविरुद्धको गतिविधि गर्दा वडाध्यक्ष पक्राउ परेका हुन्। २०७९ बैशाख ३० गते सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित चौधरी स्थानीय एमाले नेता हुन्। उनी पक्राउ परेपछि अहिले पक्ष–विपक्षमा बहस भइरहेको बताइएको छ।
