दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली काङ्ग्रेसका नेता जानकीलाल बस्नेत नियुक्त हुनु भएको छ ।
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची-२ बमोजिम बस्नेतलाई मुख्यमन्त्रीको सचिवालयमा कामकाज गर्ने गरी प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएकाे हाे ।
बस्नेतलाई भदाै ३१ गतेदेखि लागु हुने गरी मुख्यमन्त्रीकाे प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएकाे छ । त्यस्तै बस्नेतले आइतबार नै पदभार ग्रहण गर्नु भएको हो । उहाँले सहायक मन्त्री सरह सेवासुविधा पाउनु हुनेछ ।