
Pbu
Ggp
Srbpu
Rgp1
Rgp
cjs
Pes
sbs
pku
Djs
Sgr
Unsku
Gfs
Lnp
पाल्पा । पाल्पामा सडक मर्मत गर्नेक्रम पहिरोमा एक्स्काभेटर पुरिँदा दाङका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । रामपुर नगरपालिका वडा नम्बर १० गेझा टोक्सेमा सडक मर्मतको क्रममा पहिरो खस्दा एक्स्काभेटरका चालक रहेका खड्का पुरिँएका थिए । […]
काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानैदेखि डेंगुका शंकास्पद बिरामी बहिरंग कक्ष (ओपीडी) मा लाइन लाग्ने गरेका छन् । अन्य अस्पताल वा प्रयोगशालामा डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा […]
दाङ । लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले लोकतन्त्र जोगाउन सञ्चारमाध्यम बलियो हुनुपर्ने बताउनु भएको छ । कसैको दबाब र प्रभाबमा नपरी सत्य र तथ्यका आधारमा आम नागरीकलाइ सुशुचित पार्ने काममा महत्वपुर्ण भूमिका संचारकर्मी र संचार माध्यमको भएको पनि उहाँले बताउनु भयो । प्रेस युनियन दाङले जनप्रतिनिधी तथा पार्टीका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया स्थित शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ। शनिबार विद्यालयमा भएको दोस्रो अभिभावक भेलाले दिनानाथ यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित अन्य ८ जना पदाधिकारी चयन गरिएको शंकर माध्यमिक विद्यालयले जनाएको छ । शिक्षा नियमावली अनुसार शनिबार बसेको अभिभावक भेलाबाट खुल्ला सदस्यमा लिलाराम […]
दाङ । राष्ट्रिय जनमोर्चा दाङको संगठन निर्माण अभियान अन्तरगत शनिबार घोराही उपमहानगरपालीका वडा नम्बर २ मा वडा समिति गठन भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले ज्ञानबहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यीय रहने गरि वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा उमाकान्त पोख्रेल सचिवमा बिस्णु रिजाल,कोषाध्यक्षमा सारदा रिजाल ,सह सचिबमा डिल्ली हमाल […]
दाङ । गढवा स्थित पौष्टिक कृषि सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका सहकारी शाखा प्रमुख यादवले सहकारीहरुले नाफामुखी मात्र नभएर सेवामुखि कामहरु […]
दाङ । देउखुरीको लमही स्थित ईलाका प्रशासन कार्यालयमा सेवाग्राहीहरूले निकै सास्ती खेप्नुपरेको छ । घाम लाग्दा होस् या पानी पर्दा होस् छाता ओढेर कार्यालय बाहिर २ वटा फाँटको झ्यालबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ । सेवाग्राहीलाई सहज होस् भन्नका लागि संघिय सरकार अन्तरगत भवन डिभिजन कार्यालयले भवन वरपर ट्रस निर्माण गरेको छ । तर त्यो […]
दाङ । गढवा गाउँपालिकाका पुर्व जनप्रतिनिधिको निर्णायक पुस्तिका गायब विषयमा एमाले गढवाद्वारा गम्भीर ध्यानाकर्षण जनाएको छ । गढवा गाउँपालिकामा २०७७ अषाढ ९ गतेको कार्यपालिका बैठकको निर्णय पुस्तिका पुर्व जनप्रतिनिधिहरुबाट मिति २०८० असोज १७ का दिन खोजी गर्ने क्रममा गाउँपालिकाबाट गायब गरिएको विषय प्रती नेकपा एमाले पार्टी गढवाले गम्भीर ध्यान आकर्षण जनाएको हो । नेकपा एमाले […]
दाङ । बर्तमान दलाल संसदीय व्यवस्थाको विकल्प भनेको दलाल पुँजिवादी संघीयताको खारेज गरी त्यसको ठाउँमा समाजवादी संघीयता सहितको नेपाली विषेशताको,नेपाली माटो सुहाउँदो वैज्ञानिक समाजवादी राज्य व्यवस्था मात्र भएको नेकपाका नेता विषम सी ले बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्बिनी ब्युरो अन्तरगत देउखुरी जिल्लाद्वारा शुक्रवार लमहीमा आयोजित “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया […]
दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले वैदेशिक रोजगारीका लागि गएका व्यक्तिका परिवारलाई समाजले हेर्ने दृष्टिकोण बदलिनु पर्ने बताउनु भएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले जबसम्म हामीले सकारात्मक सोच, सकारात्मक भावना राख्दैनौ तबसम्म समाज परिवर्तन नहुने बताउनु भयो । एउटा युवा अथवा युवती आर्थिक चपेटामा परेर परिवारका […]