
Pbu
Unsku
Rgp1
pku
Ggp
Sgr
Lnp
Rgp
Srbpu

nsb
Ggd
Hal
Tsm
Wsp
Rsb
Gst
Rgu
Pvg
Ssm
Rgu
Bbu
Sbs
Asm
Sls
Bbbpu
Vor
Ksm
Rgs

Pls
Bml
Rmb
Rpp
Gsb
Abd
sab
bbt
Jmb
Syp
Ptm
Mks
Jmb
दाङ । देउखुरीको लमही स्थित ईलाका प्रशासन कार्यालयमा सेवाग्राहीहरूले निकै सास्ती खेप्नुपरेको छ ।
घाम लाग्दा होस् या पानी पर्दा होस् छाता ओढेर कार्यालय बाहिर २ वटा फाँटको झ्यालबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ ।
सेवाग्राहीलाई सहज होस् भन्नका लागि संघिय सरकार अन्तरगत भवन डिभिजन कार्यालयले भवन वरपर ट्रस निर्माण गरेको छ । तर त्यो ट्रसको जस्तापाता घाम र पानी छिर्ने खालको भएका कारण सेवाग्राहीहरूलाई चर्को घाम लाग्दा घण्टाै लामो लाइनमा छाता ओढेर सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरूको गुनासो रहेको छ ।
कार्यालयको प्रशासन प्रतिलिपी र राहदानी फाँटमा विशेष समस्या रहेको कार्यालय प्रमुख उदयराज भट्टराईले बताएका छन् । घाम लाग्दा सेवाग्राहीले छाता ओढ्नुपर्छ भने पानी पर्दा ती दुवै फाँटमा पानी भित्र छिर्ने गरेका कारण कागजपत्र समेत जोगाउन मुस्किल पर्ने गरेको कार्यालय प्रमुख भट्टराईले बताएका छन् ।
त्यस्तै कार्यालयमा शुद्व पिउने पिउनेपानीको समेत समस्या रहेको छ । फिल्टर नहुँदा कर्मचारी र सेवाग्राहीहरू शुद्व पानी खान नपाएको कार्यालय प्रमुख भट्टराईको भनाई रहेको छ ।
