राजेन्द्र रावत क्षेत्री शनिबार, आश्विन २०, २०८०

दाङ । बर्तमान दलाल संसदीय व्यवस्थाको विकल्प भनेको दलाल पुँजिवादी संघीयताको खारेज गरी त्यसको ठाउँमा समाजवादी संघीयता सहितको नेपाली विषेशताको,नेपाली माटो सुहाउँदो वैज्ञानिक समाजवादी राज्य व्यवस्था मात्र भएको नेकपाका नेता विषम सी ले बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्बिनी ब्युरो अन्तरगत देउखुरी जिल्लाद्वारा शुक्रवार लमहीमा आयोजित “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन् ।

पस्चिम लुम्बिनी ब्युरो अन्तरगत देउखुरी जिल्लाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टीका स्थाई समिति सदस्य तथा केन्द्रीय जनपरिषद प्रमुख विषम सीले अहिले देशमा दलाल पुजिवादी संघीयता रहेकोले अब त्यसको ठाउँमा समाजवादी संघीयता रहने बताएका छन् । नेपालमा विद्यमान दलाल पुँजिवादी राज्यसत्ताको कारण देश इतिहाँसकै सर्बाधिक संकटमा रहेकोले असफलसिद्ध दलाल संसदीय व्यवस्था खारेज गरी गास,बास,कपास,शिक्षा,स्वास्थ्य,रोजगार,सञ्चार र मनोरञ्जन जस्ता अत्यावश्यक विषयहरु राज्यको दायित्वमा रहेको सुन्दर व्यवस्था बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नुपर्ने नेता सीले बताए ।

त्यस्तै उनले पछिल्लो समय निक्कै चर्चामा रहेको राष्ट्रघाती एमसिसि सम्झौताले राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई पराधिन मुलुक बनाउने अमेरिकी षडयन्त्र रहेकोले राष्ट्रघातका विरुद्ध सिंगो देश एक ढिक्का भई स्वाधिनताको लडाईमा जुट्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा का पोलिट ब्युरो सदस्य तथा पस्चिम लुम्बिनी ब्युरो इन्चार्ज सन्जिव सीले “बर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्रमा राष्ट्रिय स्वाधिनताको संकट अन्तरगत सन् १८१५ देखी यता विभिन्न समयमा भारतसंग गरिएका सम्झौता र हालसालै एमसीसीको नेपाल प्रवेश,जनतन्त्र र जनजिविकाको संकट,वर्तमान संकटको समाधान, समाजवादी मोर्चा र नेपाली विषेशताको समाजवाद लगायतका विषयहरु समेटिएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बर्तमान राष्ट्रिय संकटको एकमात्र समाधान भनेको दलाल पुँजिवादी चरित्रको व्यवस्था खारेज गरी नेपाली विषेशताको समाजवाद नै रहेको विषयमा जोड दिएका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लमही नगर कमिटीका प्रतिनिधी बसन्त शर्मा ( विक्रान्त ) नेकपा एसका जिल्ला प्रतिनिधी तुल्सिराम भण्डारी, राष्ट्रिय जनमोर्चाका लमही नगर कमिटीका अध्यक्ष ठाकुर प्रसाद आचार्य,जसपाका जिल्ला इन्चार्ज भरत चौधरी,राप्रपाका लमही नगर कमिटीका अध्यक्ष शोभाकर घिमिरे,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्य,आर्दश मा.वि.लमहीका प्र.अ.कुलचन्द्र पौडेल लगायतले प्रस्तुत अवधारणापत्रमाथी टिप्पणी तथा विचार मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा देउखुरी जिल्ला इन्चार्ज विक्रम सी,विषेश कमिटी सदस्य तथा नेकपा देउखुरीका पुर्व सेक्रेटरी भिमप्रकास सी,जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिका संयोजक राजेन्द्र रावत क्षेत्री, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेकपा देउखुरी जिल्ला सेक्रेटरी अल्फा सीको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य यज्ञ सीको स्वागत मनतव्य संगै देउखुरी जिल्ला सचिवालय सदस्य मुक्ति सीको सन्चालनमा सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]