बाँकेमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

बाँके । पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पश्चिम महेन्द्रनगरबाट काठमाडौँ जादै गरेको बसले ठक्कर दिँदा रापति सोनारी गाउँपालप्ती वडा नम्बर ८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । त्यस्तै बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि प्रहरीले आफ्नो नियन्त्रणमा […]

गढवा गाउँपालिकाद्वारा कृषकलाई पावर,मिनिटिलर तथा रिपर मर्मत सम्बन्धि तालिम दिदैं

दाङ । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धि १ दिने स्थलगत तालिम दिईएको छ । गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर ७ मानपुर बुधबार र वडा नम्बर ५ बाँकी बिहिवार कृषकहरुलाई पावर मिनिटिलर तथा रिपर मर्मत सम्बन्धि तालिम दिएको हो। तालिम पश्चात् पावरटिलर,मिनिटिलर र […]

लमही नगरपालिकाद्वारा भुकम्प पीडितलाई राहत प्रदान

दाङ । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका लागि लमही नगरपालिकाले तीन लाख बराबरको राहत (७२ थान ब्लान्केट र ७२ बोरा चामल ) जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको छ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ […]

राप्ती गापा – ४ मा गरिबी निवारणको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

दाङ । राप्ती गाउँपालिका वडा नं.४ माैरीघाटमा गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा वडाका सरोकारवाला नागरिकहरुलाई कार्यक्रमबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । राप्ती गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष बीर बहादुर चाैधरीकाे अध्यक्षता […]

एकीकृत समाजवादी पार्टीका बैतडी जिल्ला इन्चार्ज र अध्यक्ष नेकपा एमालेमा प्रवेश

बैतडी । नेकपा एकीकृत समाजवादी पार्टी बैतडी जिल्ला इन्चार्ज र अध्यक्ष सहितका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि गोठलापानीमा आयोजना गरिएको सभामा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्ट, केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र विष्ट एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै उनीहरुलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले […]

गढवा गापामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई महासंघद्वारा सम्मान

दाङ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाले गढवा गाउँपालिकामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई बिहीबार आज एक कार्यक्रमको बीच सम्मान गरेको छ। शैक्षिक सत्र २०७९ मा सर्वोत्कृष्ट नतिजा ल्याउने गढवा गाउँपालिकाका २ सामुदायिक विद्यालय र २ जना विद्यार्थीलाई सम्मान गरेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभयो। सम्मानित हुनेमाआधारभूत […]

राप्ती गाउँपालिकामा भूमि समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका स्तरीय भूमिकाे समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ। साेसाईटी वेल्फेयर एक्सन नेपाल (स्वान)काे आयोजना र राप्ती गाउँपालिका दाङकाे सहकार्य एवम् आई एम स्वेडिस डेभलपमेन्ट पार्टनर नेपालकाे सहयोगमा कार्यक्रम सम्पन्न भएको हाे। स्वान संस्थाका अध्यक्ष कृष्णकुमार चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले निस्सा वितरण […]

जीप दुर्घटना हुँदा १ जनाको मृत्यु,एक घाइते

बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै बिहीबार दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए । त्यस्तै उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी […]

निर्वाचन आयोगद्वारा भूकम्पपीडितलाई आर्थिक सहयोग

काठमाडौँ । जाजरकोट र पश्चिम पुर्व केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो । प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र […]

मशालले कृषि अनुदान वितरणमा पारदर्शीको माग राख्दै ३४ बुँदे पत्र मुख्यमन्त्री चौधरीलाई बुझायो

दाङ । नेपाल कम्युनिष्ट पार्टी(मशाल)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ३४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । मशालका केन्द्रिय सदस्य शशीधर भण्डारीको नेतृत्वमा बुधबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गएको एक टोलीले ३४ बुँदे माग सहितको ज्ञापनपत्र बाचन गरेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बुझाएको हो । लुम्बिनी प्रदेशमा किसानहरुको अनुदानमा वृद्धि गरि वितरण पारदर्शी हुर्ने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]