बाँके । पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पश्चिम महेन्द्रनगरबाट काठमाडौँ जादै गरेको बसले ठक्कर दिँदा रापति सोनारी गाउँपालप्ती वडा नम्बर ८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
त्यस्तै बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।