
Unsku
Lnp
Ggp
Rgp1
Rgp
Sgr
Srbpu
pku
Pbu

Ksm
Tsm
Asm
Rsb
Pvg
Hal
Rgu
Rgu
Wsp
Rgs
Bbu
Gst
Sls
Ssm
Sbs
nsb
Bbbpu
Vor
Ggd

Jmb
Abd
Ptm
Syp
Pls
bbt
Gsb
sab
Rmb
Bml
Rpp
Mks
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका स्तरीय भूमिकाे समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।
साेसाईटी वेल्फेयर एक्सन नेपाल (स्वान)काे आयोजना र राप्ती गाउँपालिका दाङकाे सहकार्य एवम् आई एम स्वेडिस डेभलपमेन्ट पार्टनर नेपालकाे सहयोगमा कार्यक्रम सम्पन्न भएको हाे।
स्वान संस्थाका अध्यक्ष कृष्णकुमार चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले निस्सा वितरण प्रक्रिया नमिलेको र लालपुर्जा वितरण हुनेमा आफुहरू ढुक्क नभएको बताएका थिए भने सहभागी भुमिहिन, सुकुम्बासी तथा दलित भुमिहिनहरूले नापनक्साको काम सकाएर लालपुर्जा वितरण प्रक्रियालाई अगाडि बढाउन माग गरेका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफ्नो कार्यकालमा भुमि समस्या समाधान गर्न पहल गर्ने बताएका थिए । कार्यक्रममा भुमिका विषयमा हाल सम्म भएका गतिविधि बारे राष्ट्रिय भुमि आयोग जिल्ला समिति दाङका अध्यक्ष लेखराज रेग्मी र राप्ती गाउँपालिका भुमि सेवा केन्द्रका प्रमुख बालचन्द्र गुरूङले सहजीकरण गरेका थिए ।
त्यस्तै कार्यक्रमको विषयवस्तु बारे जानकारी तथा स्वागत मन्तव्य स्वानका कार्यक्रम संयोजक रेमन्त चाैधरीले गरेका थिए । भने कार्यक्रमको सञ्चालन पत्रकार सन्तोषकुमार गुप्ताले गरेका थिए ।
