ओमप्रकाश गुप्ता बिहिबार, मंसिर १४, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिका स्तरीय भूमिकाे समस्या समाधान विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।

साेसाईटी वेल्फेयर एक्सन नेपाल (स्वान)काे आयोजना र राप्ती गाउँपालिका दाङकाे सहकार्य एवम् आई एम स्वेडिस डेभलपमेन्ट पार्टनर नेपालकाे सहयोगमा कार्यक्रम सम्पन्न भएको हाे।

स्वान संस्थाका अध्यक्ष कृष्णकुमार चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले निस्सा वितरण प्रक्रिया नमिलेको र लालपुर्जा वितरण हुनेमा आफुहरू ढुक्क नभएको बताएका थिए भने सहभागी भुमिहिन, सुकुम्बासी तथा दलित भुमिहिनहरूले नापनक्साको काम सकाएर लालपुर्जा वितरण प्रक्रियालाई अगाडि बढाउन माग गरेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफ्नो कार्यकालमा भुमि समस्या समाधान गर्न पहल गर्ने बताएका थिए । कार्यक्रममा भुमिका विषयमा हाल सम्म भएका गतिविधि बारे राष्ट्रिय भुमि आयोग जिल्ला समिति दाङका अध्यक्ष लेखराज रेग्मी र राप्ती गाउँपालिका भुमि सेवा केन्द्रका प्रमुख बालचन्द्र गुरूङले सहजीकरण गरेका थिए ।

त्यस्तै कार्यक्रमको विषयवस्तु बारे जानकारी तथा स्वागत मन्तव्य स्वानका कार्यक्रम संयोजक रेमन्त चाैधरीले गरेका थिए । भने कार्यक्रमको सञ्चालन पत्रकार सन्तोषकुमार गुप्ताले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]