
Gsl
gms
syysr
Csbus
Rbs
Ddhbs
Bksbus5
Ratbs
Jsbus
Pbu
Ssbus
dsbus
Syees
Nssbus7
Amb
Gsbus

Vor
Sls
Rgu
Tsm
Ksm
Pvg
Ggd
Gst
Asm
Hal
Bbu
Rgu
Rgs
Bbbpu
Wsp
Ssm
Sbs
Rsb
nsb

sab
Syp
Abd
Jmb
Mks
Rpp
bbt
Gsb
Jmb
Rmb
Bml
Pls
Ptm
काठमाडौँ । आज आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।
त्यस्तै निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिन लागेको हो।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला र प्रदेश कमिटीहरुले यसअघि नै सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरिसकेका छन् । हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरुको नाम सर्वसम्मत रुपमा आएको छ ।
त्यस्तै अहिलेसम्म अन्य कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न सूर्यवाहक उम्मेदवारहरु उठाउने तयारी गरेको छ।
यस्तै दुर्गम क्षेत्रका उम्मेदवारहरुलाई मनोनयनका लागि सम्बन्धित निर्वाचन क्षेत्र पुग्न समय लाग्ने भएकाले पनि सचिवालयले भोलि नै नामहरु टुङ्ग्याउन लागेको शाहीले जानकारी दिए । यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको अन्तिम जिम्मेवारी सचिवालयलाई दिएको थियो।रातोपाटी
