
Rgp1
Ggp
pku
Djs
cjs
Lnp
Pes
Unsku
Gfs
Rgp
Srbpu
Pbu
Ses
Sgr
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तत्कालै विश्वासको मत दिने केन्द्रीय गठबन्धनमा सहमत भएको छ । विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । तर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको नेकपा माओवादी केन्द्र मधेश […]
दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था देशकै उत्कृष्ट संस्थाको रुपमा सम्मानीत भएको छ । नगर बिकाश कोषको ३६ औ बार्षिक साधारण शभाको अबसरमा आयोजित कार्यक्रममा देशभरकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा लमही खानेपानीका अध्यक्ष जंग बहादुर चौधरी सम्मानीत हुनुभएको हो । कोष समेतको लगानीमा सचालित पहीलो र दोस्रो साना शहरी खानेपानी तथा सरसफाई […]
काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । त्यस्तै विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । […]
दाङ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गोपाल श्रेष्ठको सरूवा भएको छ । श्रेष्ठको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्दवासिनी बाहिनी मुख्यालय चन्द्राैटा कपिलवस्तुमा सरूवा भएको हो । २०७९ माघ १६ गते देखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठको १३ महिना पछि सरूवा भएको हो […]
कपिलवस्तु । विजयनगर गाउँपालिकाले आगामी बैेशाखदेखि ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने भएको छ । विजयनगरलाई खानेपानी तथा पूर्ण सरसफाई उन्मुख बनाउन ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने भएकाे हाे । खानेपानी तथा पूर्ण सरसफाई युक्त विजयनगर बनाउनका लागि याे अभियानलाई तीव्रता दिएकाे गाउँपालिकाले जनाएको छ । विजयनगर गाउँपालिकामा रहेका ७ ओटै वडामा सचेत परिवार परिचय-पत्र लागू […]
दाङ । दाङमा डिउटी गरिरहेकी महिला प्रहरीलाई आफ्नै श्रीमानद्वारा गोली हानी हत्या गरिएकाे छ । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाले घाेराहीकाे दामाेदर चाेकमा डिउटी गरिरहेको समयमा आफ्नै श्रीमान यमबहादुर झाक्रीले एक्कासी गाेली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डिएसपी) जनक मल्लले जानकारी दिनु भयो । घटना बिहीबार आज बेलुका […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपाा (एमाले) ले फागुन ८ देखि १० गतेसम्म काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनु भयो । त्यस्तै उहाँकाअनुसार केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने […]
ओखलढुंगा । आज ओखलढुंगामा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ ओखरबोटस्थित सडकमा प्राप्चाबाट खोलाखर्क तर्फ आयु मोलुङ हाईड्रोपावर कम्पनीको कर्मचारी लिई जाँदै गरेको बा.२० च ४८६२ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा चालक मोरङ घर भएका २६ वर्षीय गणेश रसाईलीको घट्ना स्थलमै मृत्यु भएको हो । उक्त गाडी […]
काठमाडौं । मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन बैंकबाट आफैंले झिकेर लिई ठगी गरेको आरोपमा प्रहरीले राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । वाणिज्य बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारीले बैंकमा पेन्सन खाता भएका र मृत्यु भइसकेका व्यक्तिको आफैंले पेन्सन बुझेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गरेर बैंकिङ […]
काठमाडौं । वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर फार्मेसीमा पठाउने गरेको खुलेको छ । बिहीबार आज स्वास्थ्य मन्त्री सहितको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधीहरुपनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो । त्यस्तै अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएको स्वास्थ्य […]