
Lnp
Rgp1
pku
Pbu
Unsku
Srbpu
Sgr
Ggp
Rgp

Rsb
Rgs
Ksm
Rgu
Ssm
Hal
Gst
Pvg
Rgu
Sbs
Tsm
Asm
Wsp
Ggd
Bbu
Vor
Sls
nsb
Bbbpu

bbt
Abd
Syp
Ptm
Jmb
sab
Mks
Pls
Bml
Jmb
Rpp
Rmb
Gsb
कपिलवस्तु । विजयनगर गाउँपालिकाले आगामी बैेशाखदेखि ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने भएको छ ।
विजयनगरलाई खानेपानी तथा पूर्ण सरसफाई उन्मुख बनाउन ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने भएकाे हाे । खानेपानी तथा पूर्ण सरसफाई युक्त विजयनगर बनाउनका लागि याे अभियानलाई तीव्रता दिएकाे गाउँपालिकाले जनाएको छ ।
विजयनगर गाउँपालिकामा रहेका ७ ओटै वडामा सचेत परिवार परिचय-पत्र लागू गर्ने बारेमा सराेकारवालाहरुसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइ सकेकाे गाउँपालिकाका वास संयाेजक अर्जुन बेल्बासेले जानकारी दिए । उनले बिहिबार गाउँपालिका स्तरीय सराेकारवालाहरुसँग सरसफाई अभियान सञ्चालन र ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको बताए ।
त्यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले सरसफाईमा अझै हाम्रो समाज धेरै पछाडी परेकाे बताउँदै सबैेले यस सरसफाई अभियानमा लाग्नुपर्ने बताए । उनले ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्नुपर्नेमा जाेड दिँदै आम नागरिकलाई सचेत गराउँदै स्वच्छ, सफा र सुन्दर विजयनगर बनाउन सबैे सराेकारवालाहरुलाई आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अनुराेध गरे । ३ वर्षभित्र विजयनगरमा चाैतर्फी रुपमा विकास गरि आमूल परिवर्तन गर्ने उनले दाबी गरे ।
विजयनगर गाउँपालिकाले जारी गरेकाे ‘सचेत परिवार परिचय-पत्र’ मा उल्लेख गरिएको ७ ओटै बुँदाहरुकाे प्रतिबद्धताकाे बारेमा सहभागीहरुलाई जानकारी गराउँदै उक्त बुँदाहरु पालना नगरेमा सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिनुकाे साथै जरिवाना समेत तिराई गाउँपालिकाले कारवाहीकाे दायरा ल्याउने उनले बताए । अध्यक्ष थापाले समाजिक विकास नभएसम्म अन्य विकासका कामले विकास भएको अर्थ नलाग्ने बताउँदै गाउँपालिका र इच्छुक व्यक्तिको केही लगानीमा ७ सय भन्दा बढी शाैचालय निर्माण गर्ने याेजना रहेकाे बताए । उनले ‘एक घर, एक धारा’ अनुरुप सबैे नागरिककाे घर-घरमा पुग्ने गरि ८ ओेटा ठाउँमा खानेपानी आयाेजना समेत सञ्चालन गरिने प्रक्रियामा रहेकाे अध्यक्ष थापाकाे भनाई छ ।
यस्तै गाउँपालिक प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले विजयनगर गाउँपालिकाले जारी गरेकाे ‘सचेत परिवार परिचय-पत्र’ मा उल्लेख गरिएको ७ बुँदाहरु सबैले पूर्ण रूपमा पालना गर्नैपर्ने बताए । आगामी बैशाखदेखि ती बुँदाहरुकाे पालना नगरे गाउँपालिकाबाट पाउने सम्पूर्ण सेवासुविधा राेक्का गर्ने कार्यविधि निर्माण भइ सकेकाे उनले जनाए । उनले परिचय-पत्रमा उल्लेख गरिएको प्रतिबद्धताहरु पूरा नगरे कुनै पनि सार्वजनिक समिति, उपभोक्ता समिति लगायत पदमा समेत बस्न नपाउने बताए ।
यसैगरी कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार चाैधरी, कार्यपालिका सदस्य मुजीव उर्रहमान, शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले खानेपानी तथा सरसफाई सचेत परिवार परिचय-पत्रका बुँदाहरु माथि सराेकारवालाहरु समक्ष प्रष्ट्याएका थिए । खानेपानी तथा पूर्ण सरसफाई उन्मुख विजयनगर गाउँपालिका बनाई एक सचेत परिवारकाे परिचय दिन सक्ने वातावरणकाे सिर्जना गर्नुपर्नेमा उनीहरुले जाेड दिए ।
यी हुन् ‘सचेत परिवार परिचय-पत्र’ मा उल्लेख गरिएकाे ७ बुुँदाहरु
१. मेरो घरमा विद्यालय जाने उमेरका सम्पूर्ण बालबालिका विद्यालय गएका छन् ।
२. मेरो घरमा गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच तथा मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुत्केरी गराउने र बालबालिकाले नियमित खोप लगाउनेछन् ।
३. मेरो घरपरिवारमा नियमित चर्पी प्रयोग भएको छ ।
४. मेरो घरपरिवार पूर्ण सरसफाइप्रति प्रतिबद्ध छ। (जस्तै : जताततै दिसा पिसाब नगर्ने, घरपालुवा जनावर बाटोमा नबाँध्ने, जथाभावी फोहर नफाल्ने, सवारी साधनहरु बाटोमा नराख्ने, सडक नाली अवरोध नगर्ने आदि)
५. मेरो घरपरिवारमा बालविवाह तथा बालश्रम हुने छैन ।
६. मेरो घरपरिवारले महिनामा कम्तिमा १ दिन श्रमदान गर्नेछ ।
७. न्यायिक समितिबाट मिलापत्र भए बमोजिम विवादको समाधान र निर्णयको कार्यान्वयन गर्नेछौँ ।
