
Rgp
Djs
Pes
Sgr
Unsku
Lnp
Rgp1
Pbu
Ses
Ggp
Srbpu
cjs
pku
Gfs
काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो । वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमती परिवर्तित नाम २६ परिसरको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा […]
दाङ । दाङमा यात्रुबहाक बस एकआपसमा ठोक्किदा २२ जना घाईते भएका छन् । २२ जना घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका–२ का लक्ष्मण थारु र राप्ती गाउँपालिका वडा […]
काठमाडौँ । नेपाल एकीकृत नेत्रहीन विकास संघले बुधबार काठमाडौँ महानगरपालिका विरुद्ध विरोध प्रदर्शन गरेको छ । महानगरपालिकामा फुटपाथमा बस्ने नेत्रहीन व्यक्तिहरूलाई दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शनको आयोजना गरिएको हो । प्रदर्शनमा अपाङ्गता अधिकारमुखी राष्ट्रिय संघर्ष समिति, दृष्टिविहीन आमा घर सामाजिक संस्था लगायत संस्थाहरू सहभागी थिए । त्यस्तै नेत्रहीन व्यक्तिहरूको माइकहरू, स्पिकरहरू खोसेर लगिएको विषयलाई लिएर […]
दाङ । देउखुरीमा यात्रुबाहक बस एकआपसमा ठोक्किदा १३ जना घाइते भएका छन् । लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको बस एकआपसमा ठोक्किदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परी दुबै बसमा […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आफ्नो राजीनामा बुझाएका हुन् । माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देशमा राजनीति घटनाक्रम उथलपुथल हुँदा स्थानीय सरकारको प्रशासन कमजोर भएको बताएका छन् । यस्तो बेलामा कर्मचारीले काम नगर्ने बानीले गर्दा संघीयता कार्यान्वयनलाई टेवा दिन नसक्ने अवस्था बनेको बताए । ‘राजनीतिमा आउने/जाने भइहाल्छ, प्रशासन बलियो भएन,’ लुम्बिनी प्रदेश योजना आयोगले मंगलबार देउखुरीमा गरेको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गर्दै मुख्यमन्त्री चौधरीले […]
दाङ । पछिल्लो समय मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन् । […]
दाङ । “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा गढवामा सम्पन्न भएको छ ।सहकारी दिवसको अवसरमा मंगलवार गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानबाट र्याली निकाली गढवा बजारको मुख्यचोक हुदै गढवा गाउँपालिकाको सभाहलमा सकिएको हो । र्यालीमा गढवामा क्रियाशील सहकारीहरुले आ आफ्नो ड्रेस, बाजागाजा सहित सहभागिता जनाएका […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले २०७० सालमा कक्षा एकमा देशभरी झन्डै साढे नौ लाख बालबालिका भर्ना भएकोमा अहिले दस वर्षपछि त्यसको आधि मात्रै विद्यार्थी एसईई परीक्षामा सहभागी भै रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले बाँकी आधि विद्यार्थी कता गए ? तिनलाई हामीले किन दस कक्षासम्म पनि रोक्न सकेनौ? […]
काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् । त्यस्तै नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । […]