ओमप्रकाश गुप्ता बुधबार, चैत्र २१, २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले देशमा राजनीति घटनाक्रम उथलपुथल हुँदा स्थानीय सरकारको प्रशासन कमजोर भएको बताएका छन् ।

यस्तो बेलामा कर्मचारीले काम नगर्ने बानीले गर्दा संघीयता कार्यान्वयनलाई टेवा दिन नसक्ने अवस्था बनेको बताए । ‘राजनीतिमा आउने/जाने भइहाल्छ, प्रशासन बलियो भएन,’ लुम्बिनी प्रदेश योजना आयोगले मंगलबार देउखुरीमा गरेको दोस्रो आवधिक योजनाको आधारपत्र सार्वजनिक गर्दै मुख्यमन्त्री चौधरीले भने, ‘प्रदेशलाई गरिबी न्युनिकरण र आर्थिक रुपमा समृद्ध बनाउन लागेका छौं ।’

त्यस्तै उनले केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदा कर्मचारीले काम नगरेकोप्रति संकेत गरे । केन्द्रमा सत्ता फेरिँदा प्रदेश पनि अछुतो नरहेन र छिटोछिटो सत्ता परिवर्तनले कामलाई असर परेको उनको भनाइ रहेको छ । ‘म आउनुभन्दा अगाडी लिला गिरी हुनुहुन्थ्यो, त्यो भन्दा पहिले कुलप्रसाद केसी हुनुहुन्थ्यो,’ उनले भने, ‘जिम्मेवारी आउने/जाने भैहाल्छ । हामी सबै एउटै सदनमै छौं, विकासलाई सँगसँगै अगाडी लैजान्छौं ।’

उनले लुम्बिनी सरकारप्रति दातृ निकायले पनि सकारात्मक रुपमा हेरेको बताए । लुम्बिनी प्रदेशका ६ जिल्ला पहाड र ६ जिल्ला तराई रहेका छन् । आर्थिक रुपले समृद्धि र सम्पन्न प्रदेश बनाउन निरन्तर योजनाबद्ध रुपमा सरकारले धेरै काम गरेको चौधरीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]