
Msbg-2
Jsbr-3
Csbg-7
Rksr-7
Jsbg-7
Usbl-7
Pbu
ksbl-7
Gsbg-3
Gsbr-6


काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले २०७० सालमा कक्षा एकमा देशभरी झन्डै साढे नौ लाख बालबालिका भर्ना भएकोमा अहिले दस वर्षपछि त्यसको आधि मात्रै विद्यार्थी एसईई परीक्षामा सहभागी भै रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गिरीले बाँकी आधि विद्यार्थी कता गए ? तिनलाई हामीले किन दस कक्षासम्म पनि रोक्न सकेनौ? भन्ने प्रश्न गरे । यस वर्षको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थीहरु सहभागी भै रहेका छन् । सांसद गिरीले यो एउटा शैक्षिक संकटकालको अवस्था हो भन्दै यसले नेपालको शिक्षा क्षेत्रको असली तस्वीर प्रस्तुत गरिरहेको बताए ।
त्यस्तै ‘अहिले पनि देशका कूल विद्यार्थी मध्ये झन्डै ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयहरुमा अध्ययन गर्छन । सामुदायिक विद्यालयहरुको पठनपाठनको गुणस्तर सुधार गर्न र एक कक्षामा भर्ना भएका विद्यार्थीहरुलाई कमसेकम दस कक्षासम्म टिकाउन सरकारको योजना के छ ?,’ उनले प्रश्न गरे । फ्लास रिपोर्ट अनुसार ४१ जिल्लामा कक्षा १ मा भर्ना भएका ५० प्रतिशत विद्यार्थी पनि १० कक्षाको अन्तिम परीक्षा सम्म पुगेका छैनन् । १० वर्ष अघि २०७० मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले गत चैत १५ देखि हुने कक्षा १० को अन्तिम परीक्षा एसईई दिँदै छन् ।
परिवारको कमजोर आर्थिक अवस्था, बाल विवाह तथा पश्चिम नेपालमा काम खोज्न भारत पस्ने प्रवृत्तिले गर्दा धेरै बालबालिकाले ७, ८ कक्षाबाटै पढाइ छाड्ने गरेको अध्ययनहरुले देखाएका छन् । तर विद्यार्थीहरुलाई दस कक्षासम्म विद्यालय जाने वातावरण बनाउन कुनै पनि सरकारले अहिलेसम्म प्रभावकारी योजना ल्याउन सकेका छैनन्।
