
Rgp
Lnp
pku
Pbu
Rgp1
Srbpu
Unsku
Ggp
Sgr

Sbs
Bbbpu
Hal
Rgu
Ggd
Rsb
Vor
Gst
nsb
Wsp
Tsm
Pvg
Ksm
Bbu
Sls
Asm
Ssm
Rgs
Rgu

Mks
Rpp
Pls
bbt
Ptm
Gsb
Bml
Jmb
Syp
Abd
Rmb
sab
Jmb
दाङ । “सहकारीमा सुशासन, प्रविधि र एकिकरण” भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा गढवामा सम्पन्न भएको छ ।
सहकारी दिवसको अवसरमा मंगलवार गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानबाट र्याली निकाली गढवा बजारको मुख्यचोक हुदै गढवा गाउँपालिकाको सभाहलमा सकिएको हो । र्यालीमा गढवामा क्रियाशील सहकारीहरुले आ आफ्नो ड्रेस, बाजागाजा सहित सहभागिता जनाएका थिए ।
त्यस्तै ६७औं राष्ट्रिय सहकारी दिवस गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको आयोजना तथा गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा सम्पन्न भएको हो । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव र राष्ट्रिय सहकारी बैंक दाङ शाखाका उप समिति सदस्य शिवधोज मल्लको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सहकारीले निति सिद्धान्त अनुसार कामहरु गर्नु पर्ने बताउदै केही सहकारीले नराम्रो काम गरेमा त्यसले सिंगो सहकारी क्षेत्रलाई असर पर्ने भएकाले सबै सहकारीहरुलाई राम्रो सदस्यमैत्री काम गर्न अनुरोध गरे । सहकारी सदस्यले सदस्यको लागी सदस्यद्वारा चलाइने सामुहिक साझा व्यवसाय भएकाले आ- आफनो सहकारी अनुगमन र नियमन आफैले गर्नुपर्ने उपाध्यक्ष चौधरीले बताए ।
स्थानीय तहले सहकारीको विकास गर्न कुनै पनि कसुर बाकी नराख्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।त्यसैगरी ६७औ राष्ट्रिय सहकारी दिवशको कार्यक्रममा बोल्दै सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले गढवामा रहेका सहकारीहरुलाई देशकै नमूना सहकारी बनाउने तर्फ आफु प्रतिबद्ध रहेको बताए । सहकारी बाट राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्ने बताउदै प्रमुख यादवले सहकारीको मुल्य मान्यता विपरित कार्य गर्न छुट कसैलाई नभएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले गढवा गाउँपालिकामा भएका सहकारीहरुलाई सहि दिशामा लैजान आफु कुनै कसर बाँकी नराख्ने बताए । सहकारी दिवशको अवसरमा हजारौंको संख्यामा उपस्थितिले सहकारीमा क्रियाशील्ताको राम्रो प्रमाण भएको बताउदै अध्यक्ष गहतराजले पछिल्लो समय देखा परेको आर्थिक मन्दीले अन्य बित्तीय संस्थाहरुलाई असर गरे पनि अन्य वित्तीय संस्थाहरुमा जस्तो सहकारीमा असहज अवस्था नरहेको बताए । ६७औ राष्ट्रिय सहकारी दिवशको अवसरमा पत्रकार तथा पालिका स्तरीय सहकारी संञ्जालका प्रेस सल्लाहकार उमानाथ यादव (आलोक भावुक) लाई सम्मान गरिएको छ ।
सञ्जालको प्रेस सल्लाहकार भई स्वतन्त्र निष्पक्ष र सफल रुपमा सहकारीको क्षेत्रमा कलम चलाई सूचना संप्रेषण गरि सहयोग गरेकोले सहयोगको उच्च कदर गर्दै सञ्जालले प्रमाणपत्र सहित सम्मानित गरेको हो । सहकारी दिवशको अवसरमा सञ्जालले गढवामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ४ वटा सहकारी संस्थालाई सम्मान गरेको छ। सम्मान हुनेमा साना किसान कृषि सहकारी संस्था, टुषा कृषि सहकारी संस्था,उनको बचत तथा ऋण सहकारी संस्था र आयाम बहुद्देश्यीय सहकारी संस्था रहेको छ।
सञ्जालले राष्ट्रिय सहकारी दिवशको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न गरेको छ । हाजिरी जवाफ, कुर्सी दौड महिला पुरुष दुवै तर्फ, घैंटा फोड, सहकारीमा सुशासन, प्रविधि र एकिकरण विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । हाजिरी जवाफ प्रतियोगितामा हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा १ जेठानगाउँ प्रथम, चुरेक्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा ६ द्वितीय, समान्ता बचत तथा ऋण सहकारी संस्था गढवा २ तृतीय र गढवा बचत तथा ऋण सहकारी संस्था गढवा-७ गढवा र अभियान बचत तथा ऋण सहकारी संस्था गढवा ३ सान्त्वना स्थान हांसिल गर्न सफल भएका छन् ।
त्यस्तै वक्तृत्वकला प्रतियोगितामा सुनिता प्रथम, शरद पोख्रेल द्वितीय, सीता चौधरी तृतीय र माधव शर्मा सान्त्वना स्थान हासिल गरेका थिए । यस्तै घैटाफाेड प्रतियोगितामा पुरुषतर्फ युवराज आचार्य प्रथम हुनुभएको छ भने महिलातर्फ सन्तोषी चौधरी प्रथम हुनु भएको छ । त्यसैगरि कुर्सी दौड प्रतियोगितामा महिलातर्फ राधा शर्मा प्रथम,पार्वता पाण्डेय द्वितीय,झरना खड्का तृतीय र सरस्वती पौडेल सान्त्वना स्थान हासिल गरेका थिए ।
यस्तै कुर्सी दौडमा पुरुषतर्फ सुनिल गुप्ता प्रथम, प्रकाश यादव द्वितीय, जुगलाल यादव तृतीय र भिमलाल सान्त्वना स्थान हांसिल गरेका थिए । बिजेता सहकारी संस्थाहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । सामाजिक व्यक्तित्व सिता थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेलले गरेका थिए ।

