
pku
Sgr
Pbu
Srbpu
Lnp
Ggp
Unsku
Rgp
Rgp1

Pvg
Bbu
Ksm
Hal
Sbs
Asm
Rgu
Sls
Ggd
Rgs
Vor
Rgu
nsb
Gst
Rsb
Tsm
Wsp
Ssm
Bbbpu

Abd
bbt
Mks
Jmb
Rpp
Rmb
sab
Bml
Syp
Jmb
Gsb
Pls
Ptm
काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न आदेश दिएको छ ।
बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो ।
वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमती परिवर्तित नाम २६ परिसरको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।
त्यस्तै आरती रावलद्वारा सर्वोच्चको इजलासमा विष सेवन आरती रावलद्वारा सर्वोच्चको इजलासमा विष सेवन उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च अदालत गएकी थिइन् । गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनले अनसनसमेत बस्ने गरेकी थिइन् । बुधबार बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष समेत गरेकी थिइन् । त्यसपछि सर्वोच्च अदालतले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।
