
Ggp
Rgp
Sgr
Pbu
Rgp1
Lnp
pku
Srbpu
Unsku
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ सांसदको समर्थन पाएका छन् । कुल २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले ओलीको पक्षमा मतदान गरेका हुन् । विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रहेको छ । संसदमा आइतबार २६३ जना उपस्थित थिए । त्यस्तै प्रधानमन्त्री ओलीलाई नेपाली […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । त्यस्तै एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । […]
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । […]
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमा अर्थात आज गुरु पूर्णिमाको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहा स्थित राप्ती नदी उकास क्षेत्रमा ७ हजार बढी बेत बासका बिरुवाहरु राेपिएकाे छ । साे क्षेत्रलाई सार्वजनिक वन बनाउने उदेश्यले राप्ती गाउँपालिकाकाे सहयोग तथा कठाहाका स्थानीय उपभोक्तहरुकाे जनश्रमदान मार्फत उक्त विरुवाहरु राेपिएकाे हाे । बहुउपयाेगी बनस्पति भएकाले अरु फलफूलका बिरुवाहरु सँगै बेत बास पनि राेपिएकाे राप्ती […]
दाङ । घोराही स्थित गुरुकुल एकेडेमीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज शनिवार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको बारेमा अभिमुखीकरण गराएको हो । २०७८साल बाट प्लसटु (व्यवस्थापन समूह तथा विज्ञान )संकाय सचालन गर्दै आएको छ । शैक्षिक सत्र २०८१ का […]
दाङ । देउखुरीको राजपुरमा गएराति झुन्डिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवाका ३८ वर्षीय डिलबहादुर खत्री रहेका छन् । खत्रीले शुक्रबार बेलुका घरमा कोही नभएको समय अन्दाजी सवा नौ बजे तिर झुन्डिएर आत्मा हत्या गरेको प्रहरीले बताएको छ । पारिवारिक झैझगडाका कारणनै खत्रीले कच्ची घरको बोलामा डोरी […]
दाङ । देउखुरीको गढवा गाउँपालिका अन्तर्गत न्यायिक समितिले चालू आर्थिक वर्ष ०८०/८१ मा अठासी विवाद समाधान गरेको छ । न्यायिक समितिले चालू आवको १ साउनदेखि ३० असारसम्म अठासी विवाद समाधान गरेको हो । गढवा गाउँपालिका न्यायिक समितिका अनुसार आर्थिक वर्ष ०७९/८० बाट दायित्व सरी आएका १५ र चालू आर्थिक वर्षको गत १ साउनदेखि ३० असारसम्म दर्ता भएका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तर सुधार गर्नको लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित शंकर माध्यमिक विद्यालय पिपरीले एसईई नतिजाकाे समिक्षा तथा शैक्षिक गुणस्तर सुधारका लागि शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । यस वर्षलाई गाउँपालिकाले शैक्षिक […]
दाङ । देउखुरीको लमही नगरपालिकाले आर्थिक बर्ष २०८१\०८२ को बजेट तथा आर्थिक विधेयक पारित गरेको छ । गत असार १० गते १५ औं नगर सभाको पहिलो बैठकमा बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । पहिलो बैठक बसेको २६ दिनमा दोस्रो बैठक बस्दै बजेट तथा आर्थिक विधेयक पारित गरेको हो । बजेट तथा […]