
Rgp
Lnp
pku
Ggp
Srbpu
Unsku
Sgr
Pbu

Rgu
Rgu
Sbs
Rgs
Gst
Vor
Asm
Sls
Wsp
Pvg
Tsm
Hal

Rpp
Mks
Bml
Ptm
Syp
Pls
दाङ । देउखुरीको लमही नगरपालिकाले आर्थिक बर्ष २०८१\०८२ को बजेट तथा आर्थिक विधेयक पारित गरेको छ ।
गत असार १० गते १५ औं नगर सभाको पहिलो बैठकमा बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । पहिलो बैठक बसेको २६ दिनमा दोस्रो बैठक बस्दै बजेट तथा आर्थिक विधेयक पारित गरेको हो । बजेट तथा आर्थिक विधेयक पास नहुदा नगरपालिका बजेट विहिन भएको थियो ।
वडा तहबाट प्रदान गरिने सेवा सुविधाहरु समेत प्रभावित भएका थिए । अव नगर सभाबाट बजेट तथा आर्थिक विधेक पास भएकाले कुनै समस्या नपर्ने प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरीले जानकारी दिए ।
शुक्रबार बसेको नगर सभाको दोस्रो बैठकले आर्थिक बर्ष २०८१÷०८२ को कर तथा गैह्रकरका दरहरु समेटिएको आर्थिक विधेयक २०८१ पारित गरेको छ । यस्तै आर्थिक बर्ष २०८१÷०८२ को लागि अनुमानुति बजेट, योजना तथा कार्यक्रम सहितको विनियोजन विधेयक २०८१ पारित गरिएको छ । यस्तै नगर सभाले लमही नगरपालिकाको स्वास्थ्य नीति २०८१, लमही नगरपालिकाको आर्थिक विकास रणनीति २०८१, खानेपानी सरसफाई तथा स्वच्छता ऐन २०८१, दिसाजन्य लेदो व्यवस्थापन विनियम २०८१, लमही नगरपालिकाका पुराना भवनहरुको अभिलेख व्यवस्थापन सम्वन्धी निर्देशिका २०७५ चौथो संशोधन २०८१ नगर सभाबाट पारित भएको छ ।
आइतबार सबै सेवा सुचारु हुने नगर प्रमुख जोगराज चौधरीले जानकारी दिए ।‘नगर सभाबाट आर्थिक विधेयक, बजेट सबै पारित गरेका छौं’उनले भने,‘विचमा नगर सभा बस्न नसक्दा केही ढिला हुन गयो । अहिले सबै ऐन नियमहरु पारित गरेर सेवा प्रवाहलाई तिब्र बनाउछौं ।’ लमही नगरपालिकाले समय सिमाभित्र बजेट र आर्थिक ऐन पारित नगर्दा वडाबाट हुने सिफारिस तथा राजश्व संकलनको काम समेत ठप्प भएको भन्दै नेकपा एमाले लमही नगर कमिटीले नगर प्रमुख जोगराज चौधरीलाई बिहीबार ध्यानाकर्षणपत्र बुझाएको थियो ।

