लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । त्यस्तै कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,गण्डकी,लुम्बिनी,कर्णाली […]

गोरखा मावि तुलसीपुर व्यवस्थापन संकाय तर्फ दाङ जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल

दाङ । तुलसीपुरमा रहेको गोरखा सेकेन्डरी स्कुलले कक्षा १२ को परीक्षामा व्यवस्थापन संकाय तर्फ जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुर, कक्षा १२ मा अध्ययनरत कोमल केसीले ३.८५ जीपीए […]

दाङको कालाखोलाले अटोमा सवार दुई जनालाई बगाउँदा वेपत्ता,खोजी कार्य जारी

दाङ । दाङको कालाखोलाले अटोमा चढेका दुई जनालाई बगाएको छ । शुक्रबार बेलुका करिब सवा ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे तर्फ जाँदै गरेको रा१ह ४०५५ नम्बरको अटोलाई कालाखोला अन्तर्गत पर्ने बेचनी खोलाले अटो बगाउँदा दुईजना बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । त्यस्तै वेपता हुनेमा तुलसीपुर […]

नियुक्ति भएको १० दिनपछि लुम्बिनीका आठ मन्त्रीहरुले पाए मन्त्रालयको जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा नियुक्त भएर सपथ ग्रहण गरेकाे १० दिनपछि शुक्रबार बल्ल मन्त्रीहरुकाे कार्य विभाजन गरिएकाे छ । गत साउन महिनाको ९ गते विना विभागीय मन्त्रीकाे रुपमा सपथ ग्रहण गरेका मन्त्रीहरुले १० दिनपछि बल्ल जिम्मेवार पाएका हुन् । जस अनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की,सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका […]

आगामी भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा हुने

काठमाडौँ । आगामी भदौ २५ र २६ गते कक्षा १२ को ग्रेड वृद्धि (मौका परीक्षा) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । […]

राप्तीको करङ्गेकाेटमा भोलि नव भवन उद्घाटनसंगै नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकाेटमा शनिबार (भोलि) विशेषज्ञ सेवा सहितको एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नवनिर्मित करङ्गेकाेट सामुदायिक स्वास्थ्य इकाईकाे भवनमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख […]

सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीले राजीनामा दिएपछि,कांग्रेसलाई सरकार बनाउन बाटो खुल्यो

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले राजीनामा दिएपछि कांग्रेस–एमाले गठबन्धनलाई सरकार बनाउन बाटो खुलेको छ । शुक्रबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा घोषणा गरेका हुन् । ‘विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ । तर, मेरो पक्षमा विश्वासको मत छजस्तो देखिएन […]

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । […]

राप्ती कृषि सहकारीको साधारणसभा,सिस्नो-बेसार र केरा प्रवर्द्धन गर्ने लक्ष्य अध्यक्षमा कंवर

दाङ । राप्ती कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ९ रुपाकोटको प्रारम्भिक साधारण सभा बिहिवार रुपाकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिनामणि ओली दिनेशको अध्यक्षता एवं राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको प्रमुख आतिथ्यता एवं नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शशांक बाबु आचार्यको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको […]

लिङ्गका आधारमा विभेद गर्ने संस्कार त्याग्नु पर्ने

दाङ । लिङ्गका आधारमा गरिने बिभेदलाइ अन्त्य गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बिहिवार गढवामा आयोजित एक कार्यक्रमका बक्त्ताले जोड दिएका छन । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा भएको लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धी कार्यशालामा बोल्दै गढवाको ६ नम्बरका वडा अध्यक्ष बिरबहादुर आलेले यस्तो बताएका हुन् । पछाडि पारिएका सबै जात जाती , वर्ग […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]