दाङ । लिङ्गका आधारमा गरिने बिभेदलाइ अन्त्य गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बिहिवार गढवामा आयोजित एक कार्यक्रमका बक्त्ताले जोड दिएका छन ।
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा भएको लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धी कार्यशालामा बोल्दै गढवाको ६ नम्बरका वडा अध्यक्ष बिरबहादुर आलेले यस्तो बताएका हुन् । पछाडि पारिएका सबै जात जाती , वर्ग समुदायका नागरिकलाइ लिङ्गका आधारमा गरिने भेदभाव अन्त्य गरि राज्यको मूल प्रवाहमा ल्याउने र समाजमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण कायम गर्ने सरकारको नीति रहेको उनले बताए ।पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षता र वडा अध्यक्ष आलेको प्रमुख आतिथ्यमा कार्यशाला सम्पन्न गरिएको हो । रिड नेपालको सुदृढ जोखिम ब्यवस्थापन तथा सामाजिक आर्थिक बिकास मार्फत समुदाय उत्थानशिलता अभिबृद्दी परियोजना अन्तरगत कार्यक्रम गरिएको अध्यक्ष पठकले जानकारी दिए ।
कार्यशालामा कमल गौतमले लिङ्ग , लैङ्गिकता, समता, समानता,विभिन्न प्रकारबाट गरिने विभेदहरु र बहिष्करणमा परेका वर्ग समुदायलाइ राज्यको मूल प्रवाहमा ल्याउन सरोकरवालाको भूमिका आदिका बारेमा प्रशिक्षण दिएका थिए । पुस्तकालयका सदस्य महेश कुमार अधिकारिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सचिव शिवराज पन्थिले गरेका थिए ।