
Pbu
Gsl
Bs1


दाङ । लुम्बिनी प्रदेशमा नियुक्त भएर सपथ ग्रहण गरेकाे १० दिनपछि शुक्रबार बल्ल मन्त्रीहरुकाे कार्य विभाजन गरिएकाे छ ।
गत साउन महिनाको ९ गते विना विभागीय मन्त्रीकाे रुपमा सपथ ग्रहण गरेका मन्त्रीहरुले १० दिनपछि बल्ल जिम्मेवार पाएका हुन् । जस अनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की,सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका सरोज थापा,वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी,उद्योग,पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएका छन् । कांग्रेसले एक मन्त्री पठाउन बाँकी रहेको छ ।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रुपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएका छन् ।
यस्तै मुख्यमन्त्री सहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा एमालेले मुख्मन्त्री सहित ५,कांग्रेसले ५ र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले राखेका छन् ।
