
pku
Rgp1
Pes
Pbu
Sgr
Srbpu
sbs
cjs
Unsku
Ggp
Djs
Gfs
Lnp
Rgp

Wsp
Sls
nsb
Asm
Ggd
Sbs
Ksm
Vor
Rgs
Tsm
Rgu
Bbu
Gst
Ssm
Rsb
Pvg
Bbbpu
Hal
Rgu

sab
Gsb
Ptm
Jmb
Bml
Abd
Mks
Rpp
Jmb
bbt
Pls
Syp
Rmb
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले राजीनामा दिएपछि कांग्रेस–एमाले गठबन्धनलाई सरकार बनाउन बाटो खुलेको छ ।
शुक्रबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा घोषणा गरेका हुन् । ‘विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ । तर, मेरो पक्षमा विश्वासको मत छजस्तो देखिएन । विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ । म मार्ग प्रशस्त गर्दै राजीनामा को घोषणा गर्न चाहन्छु,’ प्रदेश सभामा सम्बोधन गर्दै सोडारीले भने । असार ७ गते कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति बमोजिम एमालेले असार २० गते सोडारी सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्योसँगै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । अल्पमतमा परेको २८ दिनमा उनले राजीनामा दिएका हुन् ।
त्यस्तै यसअघि सोडारीले बजेट शून्यता हुन नदिने शर्तमा मार्गप्रशस्त गर्न चाहेका थिए । सरकार अल्पमतमा परेपछि बजेट पास नहुँदा सुदूरपश्चिम सरकार राजनीतिक सङ्कटकोसाथै आर्थिक सङ्कटमा फसेको थियो । यद्यपि प्रदेश प्रमुख र अर्थमन्त्रीसमेत एमालेबाट भएको तथा बजेट सबै दलको साझा विषय भएकाले सहमति जुट्ने आशमा सोडारीले अल्पमतमा पर्दासमेत आफ्नो सरकारलाई लम्ब्याउँदै आएका थिए । यस विषयमा प्रदेश प्रमुख नजिर मियाँ र एमालेका नेताहरूसँग मुख्यमन्त्री सोडारीले पटकपटक छलफल गरेका थिए । तर उनको प्रस्ताव मान्न एमाले तयार भएन । अन्ततः सोडारी राजीनामा दिने निष्कर्षमा पुगे ।
यस्तै गएको फागुन २१ गते संघमा एमाले र माओवादी सहित समीकरण बनेपछि ७ बुँदे सहमतिमार्फत् एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमा जोडिएको थियो । प्रदेश भागबण्डा गर्दा सात प्रदेशमध्ये एक प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेपछि तत्कालीन सत्ता गठबन्धनले वैशाख ५ गते सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेको थियो ।
सहमति अनुसार वैशाख ६ गते सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (नाउपा) रञ्जिता समूह र स्वतन्त्र सांसदले समर्थन गरेका थिए । तथापि एमाले र माओवादी लामो समयसम्म सरकारमा सहभागी भएनन् । विभिन्न बाहनाबाजीबिच एमालेले अन्तिममा समर्थन गर्ने निर्णय गर्यो । मुख्यमन्त्री नियुक्त भएको एक महिनामा अर्थात् जेठ ३ गते उनले विश्वासको मत पाएका थिए । त्यतिबेला विश्वासको मतको पक्षमा २८, विपक्षमा शून्य मत परेको थियो । सोडारीलाई माओवादीका १०, एमालेका ११, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
त्यस्तै मुख्यमन्त्री नियुक्त भएको तीन महिना १२ दिनमा उनी राजीनामा दिन बाध्य भएका छन् । सत्ता गठबन्धनको सहमति अनुसार सुदूरपश्चिमको नेतृत्व कांग्रेसको भागमा परेको छ । अब सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउने छ ।
