Sidha Patra शुक्रबार, साउन १८, २०८१

दाङ । दाङको कालाखोलाले अटोमा चढेका दुई जनालाई बगाएको छ ।

शुक्रबार बेलुका करिब सवा ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे तर्फ जाँदै गरेको रा१ह ४०५५ नम्बरको अटोलाई कालाखोला अन्तर्गत पर्ने बेचनी खोलाले अटो बगाउँदा दुईजना बेपत्ता भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

त्यस्तै वेपता हुनेमा तुलसीपुर उपमहानगरपालिका – ४ खाद्रे बस्ने छबिलाल आलेकी श्रीमती अन्दाजी ५५/५६ वर्षिया सिता आले र सुर्खेत घर भइ हाल सोही ठाउँ बस्ने अन्दाजी १६/१७ वर्षीया मन्जु खड्का रहेका छन् । अहिले वेपता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । अटोमा सवार ५ जना मध्ये तीनजना सकुसल रहेका छन् ।

यसैबिच तुलसीपुर ७ स्थित रहेको कालाखोलाले तुलसीपुरबाट बिजौरी तर्फ जादै गरेको रा१ह२३५७ नम्बरको अटोसहित चालकलाई बगाएकोमा चालकको सकुशल उद्दार गरिएको प्रहरीले बताएको छ ।

आज बेलुका करिब पौने १० बजेतिर तुलसीपुर ७ पर्सेनी बस्ने अन्दाजी २२ बर्षिय दुर्गा बहादुर पुनलाई अटो सहित बगाएको थियोे । मापसे गरेर खोला तर्न खोज्दा उनलाई अटोसहित खोलाले बगाएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]