सिन्धुपाल्चोकको शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर भूकम्पको धक्का

काठमाडौँ । आज बिहान सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार आज बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको हो । त्यस्तै भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ ।

लुम्बिनी सहित पाँच प्रदेशमा भारीवर्षाको सम्भावना, महाशाखाद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । वर्षायामसंगै देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज […]

राप्तीको लालमटियामा गिद्ध संरक्षण विषयक तीज गीत प्रतियोगिता,मगर महिला संघ प्रथम

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सम्पन्न गिद्ध संरक्षण विषयक तीज गीत प्रतियोगितामा नेपाल मगर महिला संघ लालमटिया प्रथम भएको छ ।१६ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा कालिका सामुदायिक वन उपभोक्ता समुह लालमटियाद्वारा सञ्चालित पशु वृद्धाआश्रम तथा गिद्ध संरक्षण केन्द्र लालमटियाकाे आयोजना तथा नेपाल पंक्षी संरक्षण केन्द्र लाजिम्पाट काठमाडौंको सहयोगमा […]

धनगढीको विमानस्थलबाट ८ लाख बढी मूल्यका आइ–फोनसहित चौधरी पक्राउ

धनगढी । धनगढी विमानस्थलबाट सोमबार ८ लाख बढी मूल्यका आइ–फोनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित धनगढी विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेशबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वारको नजिक रहेको एक्सरे मेसिनमा काठमाण्डौँ पठाउने भनि घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरीले कार्टुनमा प्याक गरी ल्याएका आइ—फोन सहित उनलाई […]

देउखुरीको लमही-९,रिहारमा भव्य तीज मिलन कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ को कार्यालयले हरेक वर्ष जस्तै कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थासंग समन्वय गरि सोमबार तीज मिलन कार्यक्रमको सम्पन्न गरेको छ । वडा कार्यालय र कर्मठ सहकारीले साविक सतबरिया गाविसका विभिन्न गाउँ र टोलबाट जम्मा भएका झन्डै तीन सय महिलादिदिबहिनीहरुलाई तीजको दर खुवाएको हो । कार्यक्रममा लमही नगरपालिकाका […]

सूचना माग्दा उपलब्ध नगराउने वन व्यवस्थापन समूहका अध्यक्षलाई आयोगले गर्‍यो जरिवाना

काठमाडौँ । तिलौराकोट साझेदारी वन व्यवस्थापन समूह कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेमाथि सूचना आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम उनीमाथि कारबाहीका लागि सिफारिस गरिएको आयोगका सूचना अधिकारी तथा प्रवक्ता कमला ओली थापाले जानकारी दिइन् । प्रवक्ता थापाका अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे निवासी बसन्त गिरीले […]

लुम्बिनी प्रदेशमा समृद्धि,विकास र सुशासनमा पार्टी पंक्तिको दायत्वि बढ्योः मुख्यमन्त्री आचार्य

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि,विकास र सुशासनमा पार्टी पंक्तीको दायित्व बढेर गएको बताएका छन् । नेकपा एमाले बर्दिया जिल्ला कमिटीले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र योजनालाई पार्टीले संस्थागत रुपमा साथ दिनुपर्ने,जनप्रतिनिधी र पार्टी पंक्ति चुनावमा भएको जस्तै सहकार्य,समन्वय हुन जरुरी रहेको […]

पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा स्कुटर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नम्बर १० मा भएको उक्त दुर्घटनामा स्थानीय ४० वर्षीय यामबहादुर खरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो । कालिगन्डकी करिडोरअन्तर्गत बर्दलेबाट रामटारतर्फ जाने क्रममा खरुले चलाएको लु ४४ प २४३१ नम्बरको स्कुटर सडकछेउको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको […]

संसदीय विशेष समितिले रविसँग लिएको बयानको १० दिनपछि प्रहरीले पनि सोधपुछ गर्‍यो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सहकारी ठगी प्रकरणमा सोधपुछ गरेको छ । रविसँग सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली पनि काठमाडौँनै आएर सोधपुछ गरेको हो । त्यस्तै कास्कीका डीएसपी वसन्त शर्मा नेतृत्वको सो टोलीले […]

झाडापखालाका कारण बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु

बाँके । बाँकेको नरैनापुरमा आइतबार झाडा पखालाका कारण एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर- ३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् । भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]