
Unsku
Ggp
Lnp
Rgp
Sgr
pku
Srbpu
Rgp1
Pbu
काठमाडौं । आज सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । चितवनको एसपी भावेश रिमालले एक जनालाई नियन्त्रण लिएर सोधपुछ भइरहेको र थप विषयहरु पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण सार्वजनिक गर्न नमिल्ने बताए […]
दाङ । आउँदै गरेको चाडबाडमा हुने भिडभाडलाई लक्षित गरि दाङको लमही बजारका सडकहरुमा मंगलबार जेब्रा क्रसिङ निर्माण गरिएको छ । लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही बजारका भित्रि सडक र हाईबेमा समेत जेब्रा क्रसिङ बनाईएको हो । बजारका सडकहरुमा भएका जेब्रा क्रसिङ पुरानो भएकाले पैदल यात्रीहरु अन्यौलमा पर्ने र जसले गर्दा दुर्घटना निम्तिन सक्ने भन्दै […]
काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताका छन् । मंगलबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको मन्त्री लेखकले बताए । ‘बेलौरीमा रहेको भन्सार कार्यालयमा धनगढीबाट मानिस आएर भन्सार […]
काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव चलीरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि […]
दाङ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आयोजना र युएसएआईडि को सहयोगमा देउखुरीको गढवामा जलवायू परिवर्तन, यसको अनूकुलन र परिवर्तनले जैविक बिविधतामा पारेको असरका बारेमा छलफल गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको अध्भ्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले जलवायू परिवर्तनले सिंगो मानव समाज,जिवजन्तु र […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका दाङको आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती २ लालमटियाकाे समुह प्रथम भएको छ । लैंगिक हिंसा विरुद्धको विषयमा आयोजित प्रतियोगितामा गोरखा आइडल स्कूल राप्ती २ लालमटियाकाे समूह द्वितीय,सिरिन भ्याली पब्लिक स्कुल राप्ती ४ माैरीघाटकाे समूह तृतीय र महिला मगर संघ राप्ती १ भालुबाङकाे समुह […]
अर्घाखाँची । अर्घाखाँचीको सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ । शीतगङ्गा नगरपालिका वडा नम्बर १४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले जानकारी दिए […]
दाङ । पोषण मार्फत जिवन रुपान्तरण भन्ने नाराका साथ नेपाल सरकार संगको समन्वय सहकार्यमा मंगलवार गढवा गाउँपालिकामा पोषण र खाद्य सुरक्षाका बारेमा बृहत कार्यशाला सम्पन्न भएको छ । गढवा खगाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले समृद्ध राष्ट्रको परिकल्पना नै स्वस्थ्य नागरिकको परिकल्पना भएको बताए ।त्यस्तै राष्ट्रको समृद्धिका […]
नयाँ दिल्ली । भारतको कर्नाटक राज्यले डेंगुलाई महामारीको रूपमा सूचीकृत गरेको जनाएको छ । राज्यको स्वास्थ्य विभागको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि साउनसम्म ७ हजार ३ सय ६२ जना डेंगुका बिरामी फेला परेका छन् ।डेंगुनियन्त्रणका लागि कार्ययोजना घोषणा गर्दै मुख्यमन्त्री सिद्धरामैयाले भने, ‘यो वर्ष अहिलेसम्म ७ हजार ३ सय ६२ जना डेंगुका बिरामी भेटिएका छन् । […]
काठमाडौँ । संसदीय छानबिन विशेष समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा १५ दिनका लागि म्याद थप गरेको छ । मंगलबार प्रतिनिधिसभाको आज बसेको बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेपछि समितिको म्याद १५ दिनका लागि थप भएको हो । त्यस्तै […]