
Rgp1
Srbpu
Unsku
Pbu
Ggp
pku
Sgr
Lnp
Rgp
काठमाडौँ । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । त्यस्तै शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न […]
दाङ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको चौथो बार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष दयाराम थापाको अध्यक्षता तथा गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले गढवा पञ्चैबाजाले यस क्षेत्रमा लोपोन्मुख कला संस्कृतिको संरक्षण सम्वद्र्धनमा उल्लेखनिय योगदान गरेको बताए ।स्थानीय सरकारको […]
चितवन । चितवनमा डेंगु रोगको उपचाररत एक बृद्धको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुषको डेंगु संक्रमणबाट शनिबार मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलले दिएको जनाकारी अनुसार उच्च ज्वरो आएर शुक्रबार कलेजमा भर्ना भएको ति पुरुषको मृत्यु भएको […]
दाङ । गुरुकुल एकेडेमीले तिज विशेष कार्यक्रम गरेको छ । घोराही,तुलसिपुर र लमहीमा रहेको गुरुकुल एकेडेमीले तिज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।शनिबार विद्यालयको प्रागंनमा एक औपचारीक कार्यक्रमको साथ करीव १ हजार ५ सय महिलाहरुको सहभागितामा तिज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको विद्यालयले जनाएको छ । कार्यक्रममा बिद्यालयका महिला अभिभावक,कर्मचारी,पत्रकार […]
काठमाडौँ । चर्चित कार्यक्रम ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि आफ्नो परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले आज घरमै नागरिकता प्रमाणपत्र पाएका छन् । भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले आइतबार उनलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेका हुन् । प्रकाशलाई जिल्लाको षडानन्द […]
काठमाडौं । सीआईबीले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरिएको प्रकरणमा संस्थाका उपाध्यक्षसहित ५ जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरुमा सहकारीकी उपाध्यक्ष बविता डंगोल,सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाल,सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाई बज्राचार्य रहेका छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । […]
दाङ । निरन्तर शिक्षकालागि पुस्तकालय भन्ने मूल नाराका साथ देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाले १७ औं पुस्तकालय दिवस विविध कार्यक्रमका साथ मनाएको छ । पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पोख्रेलले बिद्यार्थीहरुको शैक्षिक बिकासका लागि […]
काठमाडौं । आज बिहान चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक एकापसमा ठोक्किएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् । त्यस्तै दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६,देउपुर स्थित देउखुरी पब्लिक स्कुलले तीज विशेष कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । विद्यालयकी शिक्षिका सिमा पोख्रेल भुसालको अध्यक्षता तथा लमही नगर शिक्षा शाखाकी प्रतिनिधि अम्बिका शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथि शर्माले विद्यालयका विद्यार्थीहरु लगायत अभिभावकले आफ्नो गुनियो, चोली,साडी लगाएर आफ्नो भेषभूषालाई विषेश […]
दाङ । हरियाली बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका-५ सिसहनियाँले तीज विशेष कार्यक्रम गरेको छ । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा संस्थाले शुक्रबार आफ्नै कार्यालय सिसहनियाँमा एक कार्यक्रमको आयोजना गरि तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो । महिला उपसमिति संयोजक विष्णुमाया घिमिरेको अध्यक्षता,संस्थाका अध्यक्ष रेशम बहादुर थापाको प्रमुख आतिथ्यता तथा संस्थाका […]