
Lnp
Unsku
Sgr
Srbpu
Ggp
Rgp1
Pbu
Rgp
pku

nsb
Bbu
Wsp
Rgu
Hal
Bbbpu
Rgu
Sbs
Ksm
Rgs
Vor
Rsb
Ggd
Ssm
Sls
Asm
Tsm
Pvg
Gst

Gsb
Rpp
Pls
Ptm
Bml
bbt
Mks
Syp
Jmb
sab
Jmb
Abd
Rmb
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् ।
साना तथा मझौला व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कुनै पनि विधेयक सरोकारवालाहरुसँग छलफल गरेर मात्रै अघि बढाउने प्रणालीको बलजफती सुरुवात गर्न आफूहरू सफल भएको बताएका हुन् । अध्यक्ष दाहालले सरोकारवालाहरुको समस्या, भावना र मनोविज्ञान अनुसार नै संसद्मा विधेयकलाई अघि बढाइने आश्वासन समेत दिए । उनले संसदमा विधेयक आउँदा जसरी आएको भएपनि संसदमा त्यसको विषयमा गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाइने पनि बताए ।
अध्यक्ष दाहालले भने, ‘तपाईंहरुलाई अनौठो लाग्नसक्छ । बलजफती हामीले केसम्म अहिले गर्न सकेका छौं भने कुनै पनि विधेयक आयो र छलफल गर्दाखेरि सम्बन्धित सरोकारवालालाई ल्याएर त्यो विधेयकको छलफलको पहिलो दिन नै सरोकारवालाका समस्या, उनीहरूका भावना, मनोविज्ञानलाई समेट्नुपर्छ भन्ने एउटा सिस्टमको अहिले सुरुवात भएको छ । जसले सरोवालासँग छलफल नगरी विधेयक अगाडि बढ्दैन । तर त्यो बन्दाखेरी कताकताबाट बन्छ भन्ने स्थिति छ । मन्त्रीलाई सोध्यो आएको छ, मैले त प्रस्तुत गरेँ भनेको हुन्छ । यस्तै अवस्था छ ।’
यस्तै,अध्यक्ष दाहालले संसद्मा ४० प्रतिशत भन्दा बढी युवाहरूको प्रतिनिधित्व हुनु गर्वको विषय भएको पनि बताए ।अनलाइनखबर
