
Djs
Pbu
Rgp1
Unsku
sbs
Sgr
Ggp
Gfs
pku
Rgp
Lnp
cjs
Srbpu
Pes

Rgu
Sls
Hal
Bbu
Bbbpu
Ssm
Sbs
Tsm
Vor
nsb
Pvg
Rgu
Asm
Ggd
Wsp
Gst
Rgs
Rsb
Ksm

Ptm
Pls
Syp
Rpp
bbt
Jmb
Abd
sab
Mks
Bml
Rmb
Jmb
Gsb
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सहकारी ठगी प्रकरणमा सोधपुछ गरेको छ ।
रविसँग सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली पनि काठमाडौँनै आएर सोधपुछ गरेको हो ।
त्यस्तै कास्कीका डीएसपी वसन्त शर्मा नेतृत्वको सो टोलीले गोरखा मिडिया नेटवर्क,नेचर हव र नेचर नेष्टमा खानतलासी गरेको थियो । पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिनाबारे अनुसन्धानका लागि काठमाडौँ आएको बेला टोलीले ३ वटा कम्पनीमा खानतलासी गर्दै रविसहित पूर्वडीआईजी छबिलाल जोशी बन्जाडे र बिपिन कर्माचार्यसँग समेत सोधपुछ गरेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए । तर बयान कागज भने नगरिएको उनले बताए ।
यस्तै कास्की प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार रविविरुद्ध पूरक जाहेरी परेपछि आवश्यक विषय बुझ्न सोधपुछ गरिएको हो । सहकारीको रकम हिनामिना गरेर गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरेपछि लामिछानेले समेत ऋण लिएको र अरू व्यक्तिमार्फत तिरेको आरोप लागेको छ ।
त्यस्तै प्रहरीका अनुसार लामिछाने सहित तीन जनासँग सोधपुछ र कम्पनीमा छापा मार्ने उद्देश्यले डिएसपी शर्माको टोली चार दिनअघि नै काठमाडौँ आएको थियो । रविले भने सहकारी ठगीमा आफू संलग्न नरहेको निरन्तर दाबी गर्दै आइरहेका छन् ।
