
Csb
Gsb
Ppu
mss
Ssb
Rsb
gis

Tsb
Ssb

Rgu
Nps
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ को कार्यालयले हरेक वर्ष जस्तै कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थासंग समन्वय गरि सोमबार तीज मिलन कार्यक्रमको सम्पन्न गरेको छ ।
वडा कार्यालय र कर्मठ सहकारीले साविक सतबरिया गाविसका विभिन्न गाउँ र टोलबाट जम्मा भएका झन्डै तीन सय महिलादिदिबहिनीहरुलाई तीजको दर खुवाएको हो ।
कार्यक्रममा लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले तीजको ऐतिहासिक सांस्कृतिक महत्व जोगाउनु पर्ने बताउँदै पहिले यो पर्व महिलाहरुको मात्रै भए पनि अब आम नेपालीले मनाउने राष्ट्रिय पर्व भएको बताइन् । लमही नगरपालिका-९ को आर्थिक सहयोग तथा कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले आयोजना गरेको तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख योगीले सो कुरा बताइकी हुन् ।
‘पहिले यो महिलाको मात्रै पर्व थियो अब आम नेपालीको भएको छ, पहिले अधिकार पाउने बुहारी, सासु, नन्द, आमाजुका पीडा राख्ने पर्व थियो अब यसको क्षेत्र बिस्तार भएको छ, केही विकृति छन तिनलाई हटाएर नयाँ ढंगले अघि बढाउनुपर्ने छ, यो सबैको दायित्व हो’ उनले भनिन् ।
त्यस्तै लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीले तीजलाई सामाजिक विभेद विरूद्व, महिलाका अधिकारका विषय मात्रै होइन अब समृद्धि र समानताका विषय, आत्मनिर्भरताका विषय पनि उठाउनु पर्ने बताए । सामाजिक क्षेत्रमा महिलाहरुले देखाएको सक्रियताले महिला सशक्तिकरणमा पनि अघि बढेको बताउँदै यस्ता खालका कार्यक्रमले आपसी सद्भाव र सामीप्यता बढाउने उनको भनाई छ ।
लमही नगरपालिका-१ का वडा सदस्य तथा कार्यपालिका सदस्य किरण चौधरीले तिज सबै नेपाली दिदीबहिनीको महत्त्वपूर्ण चाड भएकाले कोही कसैले तडकभडक नगरी सभ्य तरिका मनाउनु पर्ने र दिदीबहिनीहरूबीच आपसमा सद्भाव कायम हुनु पर्ने बताए ।
त्यस्तै कालीखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पर्वतराज खड्काले तीजको सांस्कृतिक महत्वका विषयमा अग्रजहरुसँग सिकेर नयाँ पिँढीलाई सिकाउनुपर्ने समय आएको बताए । अध्यक्ष खड्काले अहिलेका महिला अधिकार माग्ने मात्र होइन समस्या समाधानमा पनि जिम्मेवारी छन र उद्यमशील क्षेत्रको पनि नेतृत्व गरेर अगाडि बढ्न सक्छन भन्ने विषय यस्ता कार्यक्रमले देखाएको छ’ उनले भने ।
कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाको अध्यक्षता, लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यता एवम् वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको विशिष्ट आतिथ्यतामा भएको तीज मिलन कार्यक्रममा संस्थाकी सदस्य गंगा घर्तीले स्वागत मन्तव्य राखेकी थिइन् भने पत्रकार प्रिया स्मृती गजमेरले कार्यक्रमको संचालन गरेका थिए ।
कार्यक्रममा साविक सतबरिया गाविस अन्तर्गतका महिलादिदिबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । महिला दिदिबहिनीबीच सामुहिक रुपमा दर खाएर मादल बाँसुरी लगायतका बाद्यवादन प्रयाेग गरि माैलिक तीज गीतमा नाँच गान गरिएकाे थियो । राष्ट्रिय लोक भजन दाङका कलाकारको टोलीले मनोरंजन प्रदान गरेका थिए ।
