
Pbu
Jsbg-7
Gsbr-6
Gsbg-3
Rksr-7
Msbg-2
ksbl-7
Csbg-7
Usbl-7
jsbr-3


धनगढी । धनगढी विमानस्थलबाट सोमबार ८ लाख बढी मूल्यका आइ–फोनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित धनगढी विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेशबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वारको नजिक रहेको एक्सरे मेसिनमा काठमाण्डौँ पठाउने भनि घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरीले कार्टुनमा प्याक गरी ल्याएका आइ—फोन सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
कुल ८ लाख ४० हजार मूल्यका एप्पल कम्पनीका २१ वटा आइ–फोन (मोबाइल) बरामद गरेर चौधरीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै बरामद गरिएका सामान त्रिनगर भन्सार कार्यालय पठाइएको र चौधरी माथि थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।
