दाङ । पोषण मार्फत जिवन रुपान्तरण भन्ने नाराका साथ नेपाल सरकार संगको समन्वय सहकार्यमा मंगलवार गढवा गाउँपालिकामा पोषण र खाद्य सुरक्षाका बारेमा बृहत कार्यशाला सम्पन्न भएको छ ।
गढवा खगाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले समृद्ध राष्ट्रको परिकल्पना नै स्वस्थ्य नागरिकको परिकल्पना भएको बताए ।त्यस्तै राष्ट्रको समृद्धिका लागि स्वस्थ नागरिक भएमात्र संभव हुने भन्दै अध्यक्ष पोख्रेलले पोषण र खाद्य सुरक्षाको प्रत्याभूतिबाट मात्र नागरिक स्वस्थ्य रहने भएकोले मानव सुशांकको बिकास नै राष्ट्रको समृद्धि भएको बताए । वाल मष्तिष्कमा पोषणको अभावका कारण मानसिक स्वास्थ्यको बिकास असम्भव रहेको औंल्याउदै अध्यक्ष पोख्रेलले वालवालीकाहरुमा रहेको कुपोषण अन्त्य गर्न स्थानीय सरकार तयार रहेको बताए ।
गढवा गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालाहरुसंग आयोजना गरिएको कार्यशालामा ब्याकवार्ड सोसाईटी एजुकेशन (वेस) को पोषण मार्फत जिवन रुपान्तरण परियोजना मार्फत सहजीस्करण गरिएको थियो । कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा अध्यक्षहरु लेख बहादुर थापा,बिरबहादुर आलेमगर तथा उद्योग बाणिज्य संघ गढवाका अध्यक्ष ओंम प्रकाश बसेल र वेसका जिल्ला समिति सदस्य श्रीराम यादव लगायतले बोलेका थिए ।बिशेष गरि ५ बर्ष उमेर समूहका वालवालीकामा देखिने गरेको कुपोषण अन्त्य गर्ने परिकल्पनाका साथ स्थानीय सरकारसंग समन्वय सहकार्य गरि ५ बर्षका लागि गढवा गाउँपालिकामा पोषण मार्फत जिवन रुपान्तरण कार्यक्रम संचालन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशमा नेपाल अधिराज्यको सबैभन्दा बढी संख्यामा वालवालीकाहरु कुपोषण रहेको तथ्यांक कार्यक्रममा सार्वजनिक गरिएको हो ।
नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजना मार्फत यो कार्यक्रम संचालन गरिने भएको बताईएको छ । कार्यक्रममा कुपोषण अन्त्यका लागि सरकारी तवरबाट चालिएको प्रमुख नितिगत दस्तावेज माथी अध्ययन तथा छलफल र लुम्बिनी प्रदेशमा रहेको बिद्यामान कुपोषणको अवस्था र तथ्यांक वेसका बारेमा प्रस्तुती राखिएको थियो ।
वेस दाङका कार्यकारी निर्देशक चुर्ण चौधरीको बिषय प्रवेश र स्वागत बाट आरम्भ भएको कार्यशालाको सञ्चालन गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बि.क.ले गरेका थिए ।