
Rgp
Rgp
Jns
Usb
lnp
Sgp
Rgp
Lnp
Pbu
Asb
Dbs
Lks
Rgp
Ggp
Ggp
ksb
Dus


अर्घाखाँची । अर्घाखाँचीको सिमलपानीमा झर्नामा नुहाउने क्रममा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ ।
शीतगङ्गा नगरपालिका वडा नम्बर १४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका–२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले जानकारी दिए ।
त्यस्तै उनिहरु आज दिउँसो झर्नामा नुहाउने क्रममा बगेका थिए । यस्तै मृतक दुवैजनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिएका हुन् ।
