Sidha Patra बुधबार, भाद्र १९, २०८१

काठमाडौं । आज सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । चितवनको एसपी भावेश रिमालले एक जनालाई नियन्त्रण लिएर सोधपुछ भइरहेको र थप विषयहरु पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण सार्वजनिक गर्न नमिल्ने बताए ।

भदौ १९ गते सार्वजनिक बिदा भन्दै गृहमन्त्रालयको लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो । पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको आरोप ती युवकमाथि छ ।

त्यस्तै गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो । साइबर ब्यूरोसँग समन्वय गरेर अहिले थप छानबिन र पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]